९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

विश्वासको मत माग्दै ओलीले भने–‘भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुस्’

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी कसैलाई नछोडिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले प्रतिपक्षलाई लक्षित गर्दै जुनसुकै  भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउने बताएका हुन् । उनले  भने, ‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारीलाई छोड्दैनौं । भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग […]

मुख्‍य समाचार राजनीति

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन्ः सांसद सापकोटा

६ साउन, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन् । उनले  भने, ‘सत्तापक्षका एक जना बरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनवमा […]

मुख्‍य समाचार राजनीति

सुमना श्रेष्ठको चेतावनी : हेप्ने काम नगर्नुहोला

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताए लगत्तै सांसद्य सुमनाले  भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताइन् । […]

मुख्‍य समाचार समाचार समाज

बौद्ध धर्म नेपाल–भारतको सम्बन्धलाई जोड्ने शक्ति हो : दूताबास

६ साउन, काठमाडौं । भारतीय दूताबासले भगवान् बुद्धले भारतको सारनाथमा आफ्ना पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिनुभएको क्षणलाई आषाढ पूर्णिमा उत्सवका रुपमा मनाएको छ । दूताबासले आइतबार आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न बौद्ध  सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । ‘भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश […]

मुख्‍य समाचार राजनीति

मेरो राजनीतिको गुरु वीपी, मन्त्रिमण्डलको गुरु केपी : मन्त्री पाण्डे

६ साउन, काठमाडौं । यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० चार जनालाई प्रदान गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई प्रदान गरेको हो […]

मुख्‍य समाचार राजनीति

रास्वपा र नेकपा एसले  ओलीलाई विश्वासको मत नदिने

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूका लागि ह्विप जारी गरेको छ । रास्वपा संसदीय दलको आइतबारको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गरेको हो । यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन ह्वीप […]

मुख्‍य समाचार राजनीति

बागमती मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि सार्ने

६ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सांसद रमेश महतले जानकारी दिए । उनले भने,‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय […]

मुख्‍य समाचार राजनीति

सरकारले अस्थिरता अन्त्य गर्छ, जनताको आशा जगाउनेछ : मन्त्री सिंह

६ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम हुन नसकेकै कारण कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । यसअघिको सरकारले भन्दा राम्रो काम गर्ने प्रतिवद्धता जनाउँदै उनले जनतामा आशा जगाउने र राजनीतिक अस्थिरताको अन्त्य गर्नेगरी काम गर्ने पनि बताए । आइतबार तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन […]

मुख्‍य समाचार राजनीति

उपसभामुखले राजीनामा दिनुपर्छ : खतिवडा

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा राना मगरले राजीनानमा दिएर छानविनमा सघाउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुखलेकार्यालय र संसदलाई भिसा सहजीकरणको कन्सल्टेन्सी बनाएको भन्दै राजीनामाको माग गरेका हुन् । उनले भने,‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन् । कन्सल्टेन्सी जस्तो नबनाईयोस् । चिन्दै […]

खेलकुद मुख्‍य समाचार समाचार

महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र युएईबीच प्रतिस्पर्धा

६ साउन, काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको […]

समाचार समाज

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

६ साउन, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन […]