९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता

७ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित गृहमन्त्रा पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाइ दिए । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । यस्तै उनले नेपालको […]

मुख्‍य समाचार राजनीति

ओलीले विचौलिया र कमिसनको प्रभावमा परेर आदेश दिए : दाहाल

७ साउन, काठमाडौं । काठमाडौं नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ट्रंक लाइनसम्बन्धी विवादमा २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलियाहरुको र कमिसनको प्रभावमा परेर आदेश दिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाकौ बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले, प्रधानमन्त्री पनि ऐन कानुनको मातहतमा चल्नुपर्ने भन्दै प्रधानमन्त्रीको आदेशले संविधान ऐन […]

मुख्‍य समाचार समाचार समाज

नगर विकास कोषको प्रगति विवरण सार्वजनिक

७ साउन, काठमाडौं । नगर विकास कोषको ‘व्यवसायिक योजनाको प्रगति समीक्षा प्रतिवेदन’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रगति विवरण सार्वजनिक गरिएको हो । उक्त पत्रकार सम्मेलनमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगर विकास कोष सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदा, २०८० को स्वीकृति […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत

७ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यले आज मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्। उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरे । मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सहकारी समस्या सम्बन्धमा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

७ साउन, काठमाडौँ । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेको छ । समितिले आज मन्त्रालयका सचिव मुकुन्द निरौलालगायत समूह, नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीम ढुङ्गानालगायतका प्रतिनिधि, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेलगायतसँग छलफल गरेको […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

७ साउन, काठमाडौँ । बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ । आइतबार नेपाल फर्किएका ढाकास्थित […]

मुख्‍य समाचार राजनीति

पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

७ साउन, झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

७ साउन, काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधिसभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएको जानकारी गराए […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीबाट त्रिशूलीमा भएको बस दुर्घटनाबारे सदनलाई जानकारी

७ साउन, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते त्रिशूलीमा भएको बस दुर्घटनाबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै उनले उक्त दुर्घटनामा परेर हराएकामध्ये हालसम्म २५ जनाको शव फेला परेको जानकारी दिए । “फेला परेकामध्ये १८ जनाको सनाखत भएको छभने सातजनाको सनाखत हुन बाँकी […]

मुख्‍य समाचार राजनीति

कोशी पश्चिम नहरको बाँधमा सडक कालोपत्र भइरहेको छः प्रधानमन्त्री ओली

७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाई कालोपत्र गर्न नेपाल–भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिने जानकारी गराए । प्रधानमन्त्री ओलीले उदयपुरको गाईघाटबाट भारतीय सिमानासम्मको सडक […]

मुख्‍य समाचार समाचार समाज

मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

७ साउन, मोरङ । नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ । मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोहबीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी […]

मुख्‍य समाचार समाचार समाज

किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग

७ साउन, काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरे । सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयीकरण हुँदै गएको विषयमा सरकारको […]