६ कार्तिक २०८३, बिहीबार
समाचार समाज

यस्तो छ आजको विनिमय दर

२३ भाद्र, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक […]

समाचार समाज

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

२३ भाद्र, काठमाडौँ । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका-६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ । सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत […]

समाचार समाज

अट्वारी पर्व मनाउँदै थारु समुदाय, छ जिल्लामा सार्वजनिक विदा

२३ भाद्र,  दाङ ।  पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ । हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ […]

समाचार समाज

देशभर मनसुनी वायुको प्रभाव यथावत, केही स्थानमा भारी वर्षा

२३ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणता बदली भई गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणता बदली रहनेछ । कोशी, मधेस, […]

समाचार समाज

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

२३ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । अनिवार्य तथा निःशुल्क शिक्षा पाउने […]

समाचार समाज

आज ऋषिपञ्चमी पर्व मनाइँदै

२३ भाद्र, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् […]

अन्तर्राष्ट्रिय समाचार समाज

नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

२३ भाद्र, काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु […]

समाचार समाज

दुई क्विन्टल गाँजा सहित तीन जना पक्राउ

२२ भाद्र, काठमाडौँ । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.१० स्कुल टोलबाट एक क्विन्टल बढी गाँजासहित तीन जना पक्राऊ परेका छन । गोप्य सूचना आधारमा उक्त ठाउँमा पुगेको प्रहरी टोलीले कर्जन्हाका ४५ वर्षिय बिहारी मुखियाको गाई गोठमा लुकाई छिपाई राखेको प्लास्टिकको १४ वटा पोकामा  २१७ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त ठाउँबाट गाँजा सहित भारतीय नागरिक २० वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका […]

समाचार समाज

भारतको जिरिबाम जिल्लामा झडप हुँदा पाँच जनाको मृत्यु

२२ भाद्र, काठमाडौँ ।  भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँच जनाको मृत्यु भएको हो । “जिरिबाममा बिहानदेखि नै दुई समुदायबीच झगडा भईरहेको छ । हालसम्म झडपमा पाँच जनाको मृत्यु भईसकेको छ र हामी […]

राजनीति समाचार समाज

मन फराकिलो बनाएर संवाद गरेमा नेपाल-भारतबीचका समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

२२ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र सहनशील भएर संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवासमा आज आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल-भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीले नेपाल-भारतबीचमा धेरै नभए पनि केही समस्या रहेका र […]

समाचार समाज

सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

२२ भाद्र,  गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले प्रविधिलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। निजामती सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामती सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा प्रवातलाई समयसापेक्ष चुस्त दुरुस्त बनाउनका लागि नवीनतम प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिए। जनताका कामप्रति सरकार […]

समाचार समाज

बालेनको कार्यशैलीप्रति काँग्रेसले उठायो प्रश्न

२२ भाद्र,  काठमाडौं। काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीप्रति नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले पनि प्रश्न उठाएको छ । शुक्रबार काँग्रेसको महानगर समितिको बैठकपछि नगर सभापति निलकाजी शाक्य र महानगरको मेयर उम्मेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै बालेनको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । काठमार्डौं महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा […]