६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

२३ भदौ, जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण झाका छोराहरुले उक्त जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको माग गरेको हो । सर्लाहीको साविक गाविस सुन्दरपुर चौहडवा–८ हाल बरहथवा नगरपालिका–१३ स्थित […]

मुख्‍य समाचार समाचार समाज

बिपी जयन्तीमा काँग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

२३ भदौ, चितवन । नेपाली काँग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई विशिष्ट सम्मान […]

मुख्‍य समाचार समाचार समाज

आज हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

२३ भदौ, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो । आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलो पटक दीक्षान्त समारोह […]

मुख्‍य समाचार समाचार समाज

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

२३ भदौ, काठमाडौँ । त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ […]

मुख्‍य समाचार समाचार समाज

मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति

२३ भदौ,  काठमाडौँ । पर्साको पकाहाँमैनपुर गाउँपालिका-४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो । चिकित्सा शिक्षा […]

मुख्‍य समाचार समाचार समाज

नयाँ मापदण्डअन्तर्गत कुनै घर भत्किने छैनन् : बालेन

२३ भदौ,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ मापदण्डअनुसार बनेका खोला किनारका घर नभत्किने बताएका छन् । आइतबार आज सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् । ‘तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चिन्त रहनुहोस् भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको […]

मुख्‍य समाचार समाचार समाज

कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट

२३ भदौ,  काठमाडौँ । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । सरकारले […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

२३ भदौ, झापा । झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो । पक्राउपर्नेहरुमा तीन जना भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तथा एक जना स्थानीय रहेका छन् । प्रहरीका अनुसार दमक–२ […]

मुख्‍य समाचार समाचार समाज

एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदै

२३ भदौ,  काठमाडौँ । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । कोशी यसअघिका दुवै खेल जित्दै  ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अङ्कसहित आठौँ स्थानमा छ । यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

इंग्ल्याण्डका खेलाडी मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२३ भदौ, काठमाडौं । इंग्ल्यान्डका खेलाडी मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्पिन अलराउन्डर अलीले आइतबार सन्यास लिएका हुन् । इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए । ‘म ३७ वर्षको भए यसै महिना अष्ट्रेलिया सिरिजमा परिनँ । इंग्ल्यान्डबाट मैले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनयुद्धलाई अपमान गर्ने प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक :  प्रचण्ड

२३ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका […]

मुख्‍य समाचार समाचार समाज

राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

२३ भदौ,  चितवन । राप्तीमा बेपत्ता दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । भरतपुर महानगरपालिका–२७, जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, “नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको […]