२१ श्रावण २०८३, बिहीबार
राजनीति समाचार समाज

महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने काँग्रेस पदाधिकारी बैठकमा सहमति

१५ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। काँग्रेस केन्द्रीय समितिको […]

अन्तर्राष्ट्रिय समाचार समाज

रुसी आक्रमणमा परी ६ जना युक्रेनी नागरिकको मृत्यु

१५ भाद्र ,एजेन्सि । युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। अन्य ५९  जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन्। रुसले बेल्गोरोड क्षेत्रबाट निर्देशित बमसहितको आक्रमण सुरु गरेको थियो। १२ तले अपार्टमेण्ट भवनसहित पाँच स्थानमा आक्रमण गरेको थियो। पीडितमध्ये एक १४ वर्षीया बालिका पनि रहेको उनले बताए। […]

समाचार समाज

धनगढीमा भोलि गाईजात्रा हुने

१५ भाद्र , धनगढी । कैलालीको धनगढीमा भोलि गाईजात्रा हुने भएको छ। धनगढीस्थित एसटिएस सिनेमा हलमा धनगढी गाईजात्रा सो हुने भएको हो। भोलि साँझ ५ बजेदेखि ८ बजे सम्म सञ्चालन हुने गाईजात्रामा सुदूरपश्चिमका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू र धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरू सहभागी हुने छन्। गाईजात्रा हेर्नका लागि पाँच सयको टिकट मूल्य निर्धारण […]

खेलकुद मुख्‍य समाचार समाचार

एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

१५ भाद्र, काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । एनपीएलको टोलीको नाम पाँचवटाको सहर र तीनवटाको प्रदेशको नामबाट राखिएको छ । काठमाडौँ, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् । लुम्बिनी, […]

समाचार समाज

‘समुदाय र सरकार मिलेर काम गर्नुपर्छ’

१५ भाद्र, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७ औँ पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिड्नुपर्छ भने । “पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक […]

राजनीति समाचार

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : उपप्रधानमन्त्री पौडेल

१५ भाद्र, लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने, “अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास […]

मुख्‍य समाचार समाचार समाज

नारायणी नदीमा महिलाको बेवारिसे शव फेला

१५ भाद्र, काठमाडौँ । पूर्वी नवलपरासीको देवचुली स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षीय महिलाको बेवारिसे शव फेला परेको हो । आज दिउसो नदी किनारमा महिलाको शव भेटिएको स्थानीले खबर गरे पछि प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव […]

समाचार

बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नेपालमा आउँदैन: प्रधानमन्त्री

१५ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नेपालमा नआउने बताउनु भएको छ । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक ‘इन्टु द फायर’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै बंगलादेशमा जे भयो त्यही भइ हाल्ने अवस्था नरहेको बताउनु भएको हो । ‘बंगलादेशमा जे […]

समाचार समाज

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् ।आज सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, “१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।” उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला […]

समाचार समाज

लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

१५ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन हुने गरी कुनै पनि काम गर्न नदिने स्पष्ट पारे । नेपालको आफ्नै पहिचान भएकाले […]

समाचार

खोटाङमा चट्याङ लागेर तीन जना गम्भीर घाइते

१५ भाद्र, खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र […]

समाचार समाज

कलंकीमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु

१५ भाद्र, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बा.९५ प ७६२५ नम्बरको स्कुटर बा.प्र. ०१–००६ ख ४८७९ नम्बरको बसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णु बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलकीस्थित […]