१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा प्रदर्शन काठमाडौँ । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले देशको आवश्यकता गाँजा वैधानिकता, गाँजा ज्ञान हो, संस्कृति […]

मुख्‍य समाचार समाचार समाज

जहाज पुरानो भएकाले दुर्घटना भयो भन्ने भाष्य गलत छ : क्याप्टेन गुरुङ

साउन १२, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न गठित समितिका सदस्य क्याप्टेन ओम गुरुङले नेपालमा हुने गरेका हवाइजहाज दुर्घट्नामा व्यवस्थापकीय पक्ष बढी जिम्मेवार हुनुपर्ने औंल्याएका छन् । हालै त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ यात्रुको मृत्यु भएपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले एयरलाइन्स कम्पनीको व्यवस्थापकीय […]

बैंक–वित्त ब्लग मुख्‍य समाचार समाज साहित्य/ समाचार

प्रेमको लय भाग–चार (कथा)

प्रेमराज दोधारमा छन् । काम पाउने कि नपाउने । उनी सोचिरहेका छन्, काम पाए भने धेरै इमानदारीपूर्वक काम गर्ने छु । मेसिन जसरी हात चलाउने छु । केटाहरुले गोलभेँडा टिपेझैँ फटाफट काम गर्ने छु ।  त्यहीँ कुराले उनी रातभरि राम्ररी निदाउन सकेनन् । उनलाई गाउँको याद झलझली आइरह्यो । आमा, बुबाको सम्झनाले सताइरह्यो । उनी […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘सबैखाले हेपाटाइटिसको उपचार नेपालमै सम्भव छ’ : प्रा.डा.दिलिप शर्मा, कलेजो रोग विशेषज्ञ

साउन १२,काठमाडौं । हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन् । तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सस्तोमा विद्युत वितरण गर्ने दायित्वबाट पछि हट्न सकिदैन् : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले डेडिकेटेड तथा टं«कलाइन छिटै जोड्नुपर्ने निर्णयमा सरकार पुगेको बताएका छन् । विहीबारसार्वजनिक लेखा समितिमा भएको बैठकमा उनले २४ घण्टा सस्तोमा विद्युत दिने सरकारको दायित्वबाट विमुख हुन नसक्ने भन्दै यस्तो दायित्व पूरा गर्नको लागि टं«कलाइन छिटै जोड्नुपर्ने बताए । उनले भने, ‘राज्यको दायित्व के हो भने सकेसम्म २४ […]

मुख्‍य समाचार समाचार समाज

विद्युत् प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्दैन् : कुलमान घिसिङ

काठमाडौँ । उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने निर्णयमा नेपाल विद्युत् प्राधिकरण पछि नहट्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलेनभएको बिल जेनेरेट गर्यो भन्ने गलत आरोप लागेको भन्दै रेकडेट इनर्जीमा थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको […]

मुख्‍य समाचार राजनीति

कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

११ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् । उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।’ उनले दोलखा […]

अर्थ मुख्‍य समाचार

मौद्रिक नीति  :  वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वद्धि

११ साउन, काठमाडौँ । ड्राफ्ट/टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले ती माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ । ‘डकुमेन्ट अगेन्स्ट […]

मुख्‍य समाचार समाचार समाज

सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै

११ साउन, घोराही । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन् । छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे । ड्रागनफ्रुट खेतीबाट आप्mनै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनी […]

अर्थ मुख्‍य समाचार

मौद्रिक नीति : वित्तीय साक्षरता अभियान सञ्चालन गरिने

११ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा अगाडि बढाउने भएको छ । आम मानिसलाई वित्तीय रुपमा साक्षर बनाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त प्रबन्ध गरेको हो । चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ग्राहकको हित संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्वलाई ध्यानमा राखेर वित्तीय साक्षरतालाई विशेष जोड […]

अर्थ मुख्‍य समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

११ साउन, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उल्लेख गरेको हो । त्यस्तै, चालु आवको बजेटले कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो

११ साउन, तुलसीपुर । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन । करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको […]