१० चैत्र २०८२, मंगलवार
बागमती समाचार समाज

पशुपति कोटिहोममा नयाँ कथावाचिका चन्द्रकला सखी

काठमाडौँ । पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा नयाँ कथावाचिका देवी चन्द्रकला सखी आएकी छन् । उनी लण्डनबाट राम कथा वाचनको लागि आएकी हुन् । सखीलाई कोटिहोमका प्रमुख आयोजक मानव सेवा फाउण्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरेका छन् । उनलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । सखीले साउन १६ देखि २४ गतेसम्म दिउँसो २ देखि […]

अन्तर्राष्ट्रिय प्रवास समाचार समाज

भारतको केरलमा पहिरो, नेपालीसहित ४५ जनाको मृत्यु

नयाँदिल्ली  । भारतको केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ । ५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अझै सयौँ मानिस पहिरोमा फसेको अनुमान गरिएको छ । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् । पहिरोले स्थानीय […]

मुख्‍य समाचार राजनीति समाचार

मानव बेचबिखनको अनुसन्धान सम्बन्धी कानून संशोधन हुन आवश्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अनुसन्धान सम्बन्धी कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मानव बेचबिखनको अनुसन्धानको लागि कानूनमा २५ दिनको समय मात्र तोकेको भन्दै यसलाई संशोधन गरेर ३ महिनाको समय बनाउनु पर्ने बताए । उनले भने, ‘लागू औषधको अपराधमा अनुसन्धान गर्नका […]

मुख्‍य समाचार राजनीति समाचार

ठूला दुई दलको सहकार्यले टीआरसीलाई टुङग्याउँने विश्वास छ : देवी खड्का

काठमाडौं । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले दुई ठूला दलको सहकार्यले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई  टुङग्याउँने विश्वास व्यक्त गरेकी छन् । मंगलबार पीडित केन्द्रित संक्रमणकालीन न्याय कार्यान्वयनको सवालः आयोग, परिपुरण नीति तथा संरचनामा पीडितहरुको निर्णायक भूमिका अन्र्तक्रिया कार्यक्रममा उनले शान्ति प्रक्रिया सम्बन्धी कानून चाँडो पास हुन आवश्यक रहेको बताईन् । उनले भनिन्, […]

मुख्‍य समाचार राजनीति समाचार

सहकारी क्षेत्रका कानून कार्यान्वयनमा कमिः सभापतिथापा

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापतिसूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएकाकानूनकार्यान्वयनमाकमिभएको टिप्पणी गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकपश्चातउनले सहकारी समस्याको मुख्य कारणसंयन्त्रनिर्माण गर्ने गरि कानूननिमार्ण नहुनुको साथै बचतकर्ताहरुले लापरबाही र लोभमा परेर आफ्नो पुँजी जोखिममा राख्नु पनिभएको बताए । उनले भने, ‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएकाकानूनकार्यान्वयनमाकमिभएको छ । कानूनआवश्यकताअनुसारको […]

मुख्‍य समाचार राजनीति समाचार

आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी पार्टीको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने निर्णय गरेको छ । विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ । गठबन्धभित्र […]

खेलकुद मुख्‍य समाचार

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

१५ साउन, काठमाडौँ । नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । आज पुरुष एक सय मिटर फ्रि–स्टाइलमा उनले प्रतिस्पर्धा […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरू

१४ साउन, काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरू भएको छ । डिल्लीबजारस्थित सफ्टवेरिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । “प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेलाई लक्षित गरिएको छ”,उनले भने,“प्रदर्शनी साउन […]

मुख्‍य समाचार राजनीति

नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्न चीन तयार छ : राजदूत सोङ

१५ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासमा सक्दो सहयोग गर्न चीन तयार रहेको प्रतिवद्धता जनाएका छन् । मंगलबार चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताए । उनले भने, ‘यी सुधारका उपायले चीन र नेपाललाई […]

मुख्‍य समाचार राजनीति

उच्च शिक्षालाई प्रतिष्पर्धी बनाउनुपर्नेमा शिक्षामन्त्रीको जोड

१५ साउन, कीर्तिपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले शिक्षाक्षेत्रको बजेट बढाएर विश्वविद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन आफू लागिपरेको बताए । विश्वविद्यालयको आज सम्पन्न सिनेट बैठकमा मन्त्री भट्टराईले शैक्षिक क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । आफूले लामो समयदेखि देशका कूल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रका निम्ति विनियोजन […]

मुख्‍य समाचार राजनीति

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

१५ साउन, काठमाडौँ । प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । बैठकमा […]

मुख्‍य समाचार समाचार समाज

मौलिक भान्छा घरले खुवायो नौं प्रकारको खीर

१५ साउन, काठमाडौं । अर्गानिक फार्म हाउस तथा मौलिक भान्छा घरले सात प्रदेशको प्रतिनिधित्व हुने गरी खीर बनाएको छ । मंगलबार बानेश्वर स्थित मौलिक भान्छा घरमा खिर खाने दिनको अवसर पारेर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ९ प्रकारको खीर बनाएको सञ्चालक सुमन दाहालले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष पनि हामीले सञ्चारमन्त्रीको उपस्थितिमा ७ […]