११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरुको घुइँचो

२१ साउन, काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा […]

मनोरन्जन मुख्‍य समाचार समाज

जापानमा बिक्री भयो ’मोदीबेनी’, कहिले हुन्छ रिलिज ?

२१ साउन, काठमाडौं। शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह–निर्माता हरि श्रेष्ठले बताए। उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए। जापानमा […]

मुख्‍य समाचार समाचार समाज

पत्रकार महासंघको निर्वाचन र नेतृत्व छनोटबारे कृयाशील पत्रकारहरुको चासो

२१ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति अन्यौल भइ महासंघमा देखिएको वर्तमान समस्या र आगामी नेतृत्वको भूमिकाका विषयमा कृयाशील पत्रकारहरुले चासो, चिन्ता व्यक्त गरेका छन् । कृयाशील पत्रकारहरुको साझा मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले नेपाल पत्रकार महासंघको विधान बमोजिम कार्य नगर्दा निर्धारित समयमा निर्वाचन हुन नसकेको निश्कर्ष निकालेका छन् । […]

बैंक–वित्त समाचार समाज

बैंक खातामै हाकाहाकी घुस जम्मा गर्न लगाउने प्रमुख प्रशासकीय अधिकृत

२१ साउन,  सिरहा। सिरहाका एक जना सरकारी अधिकारीले घुस र कमिसन वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका छन् । औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन दर्जनौ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै

२१ साउन, काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका […]

खेलकुद मुख्‍य समाचार समाज

काभा वुमन्स लिगमा नेपाल इरानसँग पराजित

२१ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । घरेलु टिम नेपाललाई इरानल ३–२ ले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो । पहिलो, तेस्रो र पाँचौं सेट इरानले जित्यो […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२१ साउन, काठमाडौं ।  संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित […]

मनोरन्जन मुख्‍य समाचार समाज

नेपालमा पहिलोपटक एआई म्युजिक भिडियो सार्वजनिक

२१ साउन, काठमाडौं । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसकँेमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले प्रसारण गरी सार्वजनिक गरेको हो। एआई भिडियो नेपालको टेलिभिजन इतिहासमा पहिलोपटक प्रसारण गरिएको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

२१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमानः केही ठाउँमा भारी वर्षाको सम्भावना

२१ साउन, काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हुरी सहितको वर्षाको सम्भावना रहेको छ । आज देशभर केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि […]

मुख्‍य समाचार राजनीति समाचार

पानीजहाज सञ्चालन नहुनु विडम्बना : प्रधानमन्त्री ओली

२१ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सिमाना हनुमाननगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन निर्देशन दिएका छन् । सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न सम्बन्धित निकायलाई भनेका हुन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानून […]

मुख्‍य समाचार राजनीति समाचार

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

२१ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान भएको छ ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नेछन्। यस्तै कानून, न्याय तथा संसदीय […]