११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

मौसमजन्य विपद्का कारण एकैदिन ११ जनाको मृत्यु

२२ साउन,काठमाडौँ । विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो । आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति […]

मुख्‍य समाचार समाचार

विदेश पठाउँछु भन्दै २ करोड ठगी गर्ने ठाकुर पक्राउ

२२ साउन,काठमाडौँ ।  वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका-६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालिबाट दुबई, […]

मुख्‍य समाचार समाचार

बझाङमा पहिरोले २ गाई मरे, २ घाइते

२२ साउन बझाङ । बझाङमा पहिरोले २ गाई मरेका छन्, भने २ गोरु घाइते भएका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ तुतीका बहादुरसिंह धामीकोे घरमा पहिरो जाँदा गोठमा रहेका ४ वटा चौपाया मध्ये २ गाई मरेका छन्, भने २ वटा गोरु घाइते भएका छन्। गोठ पूर्ण रूपमा क्षति भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय […]

मुख्‍य समाचार समाचार समाज

जीप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

२२ साउन,काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले […]

मुख्‍य समाचार समाचार समाज

डेंगी संक्रमणबाट एक जनाको मृत्यु

२२ साउन,काठमाडौँ । डेंगी संक्रमणबाट तनहुँमा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले डेंगी संक्रमणका कारण तनहुँमा एक जनाको मृत्यु भएको जनाएको हो । गत पुसदेखि हालसम्म देशभर २ हजार ३ सय ६५ जनाबाट संक्रमित छन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा […]

मुख्‍य समाचार समाचार समाज

आज र भोलि अबिरल वर्षाको सम्भावना कायमै

२२ साउन,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा […]

समाचार समाज सुदूरपश्चिम

भाेलि सार्वजनिक बिदा

२२ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले भोलि बुधवार सार्वजनिक बिदा दिएको छ । २१ गते सोमवार उपमहानगरले गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

पानीमा डुबेर एक जनाको मृत्यु

२२ साउन, धनगढी । कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो। महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन्।

मुख्‍य समाचार समाचार समाज

वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन आग्रह

२२ साउन, काठमाडौं ।  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बंगलादेशमा प्रदर्शनकारीले नेताको होटल जलाउँदा २४ जनाको जलेर मृत्यु

२२ साउन,  ढाका । बंगलादेशमा शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका नेताको एक होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा पनि २४ जना मारिएका छन् । समाचारअनुसार यस होटलमा सोमबारआगो लगाइएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लीगका एकजना जिल्ला नेताको रहेको बीबीसीले जनाएको छ। बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’ का अनुसार उद्धार दलका सदस्यहरूलाई यस होटलमा […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपाल काभा वुमन्स नेसन्स लिगको फाइनलमा उपाधीका लागि भारतसँग भिड्ने

२२ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशको घटना नजिकबाट नियाल्दै राष्ट्रसङ्घका महासचिव, ज्यान गुमाउने प्रति शोक प्रकट

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गरेका छन् । महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिएका छन् । उनले प्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने […]