११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

२४ साउन, सिरहा । पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् । स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए […]

मुख्‍य समाचार समाचार समाज

यूएईमा नेपालीले रक्सी खाएर झगडा गर्न थालेपछि दूतावासको ध्यानाकर्षण

२३ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ । दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । यूएईका ‘सम्बन्धित निकाय’ले नेपालीहरुले […]

अनौठो संसार मुख्‍य समाचार समाचार समाज

कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा २ महिनाको जेल सजाय

२४ साउन, काठमाडौं । न्यूजिल्यान्डमा एक जना महिलालाई २ महिनाको जेल सजाय सुनाइएको छ । घरमा पालेको कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा नाम नखुलाइएको ती महिलालाई सो सजाय सुनाइएको हो । धेरै खाएकै कारण नुगी नाम गरेको सो कुकुर हिँड्न समेत नसक्ने गरी मोटो भएको थियो । सन् २०२१ को अक्टोबरमा अकल्यान्डस्थित घरबाट पशुमाथि हुने […]

मुख्‍य समाचार समाचार समाज

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर

२४ साउन, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ । उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले […]

मुख्‍य समाचार समाचार समाज

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु राना

२४ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उनले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आएका छन । सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाटने(बनाउने) गरेका छन । डोरी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन पूर्ण इजलासमा पेसी

२४ साउन, काठमाडौँ । भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।बिहीबार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासमा यो मुद्दाको सुनुवाइ तोकिएको हो । यो रिट निवेदन ‘हेर्दाहेर्दै’मा रहँदै आएको छ ।पूर्वसचिव सूर्यनाथ उपाध्यायले वारेसमार्फत २०८० माघ १५ […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

जलवायु परिवर्तनले माटोको अवस्थाकमजोर बनाउँदै लगेको छ : गणेश पौडेल

२४ साउन, काठमाडौँ । नेपाल प्राकृति र भौगोलिक रुपम संवेदनशिल मुलुक मानिन्छ । बर्षेनी बाढी, पहिरो र अन्य प्राकृतिक विपदका घटनाहरु बढिरहेका छन् । जलवायु परिवर्तनको असर प्राकृतिक र भौगोलिक क्षेत्रमाप्रत्यक्ष देखिनथालेको छ । बाढी पहिरोको जोखिम र नेपालको भू संरक्षणको वर्तमान अवस्थालाई लिएर नेपालन्यूज बैंकले वनतथा वातावरण मन्त्रालय अन्तर्गत वनतथा भू–संरक्षण विभागका उपमहानिर्देशक गणेश […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा

२४ साउन, पेरिस । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ […]

अर्थ मुख्‍य समाचार समाचार

सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

२४ साउन, काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो

२४ साउन, गुलरिया (बर्दिया) । थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ । थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन […]

बैंक–वित्त

अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल

२४ साउन ,अत्तरिया (कैलाली) ।गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा विस्तारको तयारी गरेको हो । अस्पतालले सुदूरपश्चिममै पहिलो पटक ‘मेमोग्राफी’ सेवा सुरु गर्न लागेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए । […]

मुख्‍य समाचार समाचार समाज

छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

२४ साउन, जलेश्वर (महोत्तरी) । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ […]