११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

सातै प्रदेशमा भारी वर्षाको सम्भावना

२५ साउन, काठमाडौँ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको […]

मुख्‍य समाचार समाचार समाज

आज नागपञ्चमी, नाग पूजा गरिँदै

२५साउन, काठमाडौँ ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

काँग्रेस लुम्बिनीका प्रमुख सचेतले दिए राजीनामा

२४ साउन,काठमाडौँ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिलसिनाले राजीनामा दिएका छन् । साउन ९ गते प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । दौरा सुरवाल लगाएर प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई पार्टी नेतृत्वको दबाबमा रोकिएपछि मोबाइल अफ गरेर निस्केका थिए […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

बंगलादेशमा नयाँ सरकार गठन, प्रमुख सल्लाहकार युनुसले लिए सपथ

२४ साउन, काठमाडौं । बंगलादेशमा नयाँ सरकार बनेको छ। आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएर शेख हसिनाले देश छाडेपछि नयाँ सरकार बनेको हो । प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा नयाँ सरकार बनेको हो । युनुसले राष्ट्रपतिसँग बिहीबार बेलुका सपथ लिएका छन् । नोबल पुरस्कार विजेता युनुस बिहीबार मात्रै पेरिसबाट फर्किएका थिए । सेना र आन्दोलनरत बिद्यार्थीको सहमतिका […]

मुख्‍य समाचार समाचार समाज

धनगढीको लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौँ फर्कियो

२४ साउन, कञ्चनपुर । काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौं फर्किएको छ। बिहीबार साँझ ५ः३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौं फर्किएको हो। नेपालगन्ज क्षेत्र आसपासमा ठूलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो। मौसम खराब हुँदा जहाज धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाडौँ फर्किएको बुद्ध एयरका […]

मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

गृहमन्त्री रमेश लेखकको गृह जिल्लामा पुत्ला दहन

२४ साउन, कञ्चनपुर । गृहमन्त्री रमेश लेखकको पुत्ला जलाइएको छ ।  नेपाल कम्युनिस्ट (बहुमत) पार्टीको भातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले लेखकको गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा पुत्ला जलाएका हुन । उनीहरूले आफ्ना सदस्य किशोर (अविनाश) कुवरलाई तत्काल रिहाइको माग गरेका छन् । क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले झुट्टा मुद्दा खारेज गर,  नालायक प्रहरी प्रशासन […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन

२४ साउन, धनगढी । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो । भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, […]

मुख्‍य समाचार समाचार

बसको ठक्करबाट एक जनाको मृत्यु

२४ साउन, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ । कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बसको ठक्करबाट उनले चराउन लगेका […]

मुख्‍य समाचार समाचार

प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२४ साउन, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर उनीहरूको […]

मुख्‍य समाचार समाचार

बर्दीको इज्जत बढाउने गरी काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन

२४ साउन, काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सङ्गठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउने गरी कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै उनले जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारिपूर्वक खटिनुपर्नेमा जोड दिए । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति […]

मुख्‍य समाचार समाचार समाज

थाइल्याण्ड जान लागेका तीन जना विमानस्थलमा पक्राउ

२४ साउन, काठमाडौँ । थाइल्याण्ड जान लागेका तीन जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विदेशी रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक […]

मुख्‍य समाचार राजनीति समाचार

देश र नागरिकको विकास पहिलो प्राथमिकता हो : प्रधानमन्त्री ओली

२४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशमा सुशासन […]