१२ चैत्र २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’

२९ साउन, ओखलढुङ्गा । गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा रु ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो । कुल रु ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

खोटो सङ्कलन वन समूहको मुख्य आम्दानीको स्रोत

२९ साउन, घोराही । दाङमा खोटो सङ्कलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गरेका छन् । वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहको संरक्षणसँगै गाउँको सामाजिक कार्यमा खर्च गरिएको छ । गाउँमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

क्व्होलासोथार गाउँपालिकामा आज सार्वजनिक बिदा

२९ साउन, लमजुङ । यहाँको क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिममा सांस्कृतिक पर्वको रुपमा मनाउने ट्होटे पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गत शनिबार बसेको कार्यपालिकाको बैठकले आज ट्होटे पर्व मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद […]

मुख्‍य समाचार समाचार समाज

‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

२९ साउन, काठमाडौँ । साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ले सम्मान गरिने भएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, कवयत्री विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान […]

मुख्‍य समाचार समाचार समाज

सामुदायिक वन समन्वय समितिद्वारा विजयसाल संरक्षण

२९ साउन, कञ्चनपुर । बहुऔषधिका रूपमा प्रयोग हुने विजयसाल संरक्षणका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले एक दशकअघिदेखि कार्य अगाडि बढाउँदै आएको छ । सामुदायिक वनहरूलाई समन्वय समितिले विजयसाल पुनः उत्पादनका लागि सहयोग पुर्याउँदै आएको हो । प्राकृतिक रुखबाट बीउ सङ्कलन गरी नर्सरी तयार गरी सामुदायिक वनमा विजयसालका बिरुवा रोप्ने कार्य गरिँदै आएको छ । […]

मुख्‍य समाचार समाचार समाज

मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउन मुस्किल

२९ साउन, राँझा । राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित छन् । वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताए । बाँके […]

अर्थ मुख्‍य समाचार समाचार समाज

फरार प्रतिवादीबाट एक वर्षमा रु छ करोडभन्दा बढी राजस्व

२९ साउन, इनरुवा । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । […]

मुख्‍य समाचार समाचार

दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

२९ साउन, त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए […]

मुख्‍य समाचार समाचार समाज

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै

२९ साउन, कास्की । पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ । “आयोजनाको निर्माणतर्फका सबै […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

२९ साउन, टीकापुर । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ । टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बुटवलमा उजिरसिंह फल्चा निर्माण

२९ साउन, लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फल्चा निर्माण गरेको छ । बुटवल वडा नं ५ मा निर्माण भएको सो फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नेवारी परम्पराअनुसार शुभारम्भ गर्नुहुँदै बुटवलको पुरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले फल्चा निर्माण गरिएको बताए । उनले अन्य जातजाति र संस्कृतिको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

२९ साउन, स्वर्गद्वारी । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहेका छन् । जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक […]