ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ
३१ साउन, काठमाडौँ ।अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी […]











