भालुबाट किसानलाई मौरीघार जोगाउनै मुस्किल
५ असाेज, जुम्ला । जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पुर्याउँदा यहाँका किसान चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताए । “दुई वर्षका अन्तरमा १३ मौरीका घार भालुले खाइदियो । अहिले एक मात्र घार रहेको छ । घार भालुबाट जोगाउन समस्या भयो । भालु धपाउन अनेकन उपायहरू […]











