५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

१७ असोज, काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले […]

मुख्‍य समाचार समाज

मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

१७ असोज, महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि […]

मुख्‍य समाचार समाचार समाज

गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम

१७ असोज, डुम्रे (तनहुँ)। कृषिकर्मका नवीन अभ्यासबारे किसानलाई जानकारी दिँदै उनीहरूलाई कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा अभिप्रेरित गर्ने उद्देश्यले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गण्डकी प्रदेशका क्रियाशील पत्रकारलाई तालिम दिएको छ । गण्डकी प्रदेशका  नौ जिल्लाका ३० पत्रकार सम्मिलित तीनदिने तालिममा कृषि प्रविधि, किसानका समस्या र गाउँपालिकाका गतिविधिका साथै कृषि क्षेत्रको विस्तार, कृषि विकासमा […]

मुख्‍य समाचार समाचार समाज

सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

१७ असोज, जलेश्वर । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ । मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दसैँमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, […]

मुख्‍य समाचार समाचार समाज

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

१७ असोज, दमौली (तनहुँ) । हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा रु एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ । वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर […]

मुख्‍य समाचार समाज

गर्भवतीको हेलिकप्टरबाट उद्धार

१७ असोज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उसलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो […]

मुख्‍य समाचार समाज

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

१७ असोज, बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा […]

मुख्‍य समाचार समाज

सडक दुर्घटना नियन्त्रण प्रयासःछाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

१७ असोज, नेपालगन्ज । छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ । छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताए । नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उसले […]

मुख्‍य समाचार समाज

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

१७ असोज, गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ […]

मुख्‍य समाचार समाज

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

१७ असोज, गण्डकी । पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो । नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै […]

मुख्‍य समाचार समाज

म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण

१७ असोज, म्याग्दी । धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिए । “वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो,” उसले भने, “स्वास्थ्यचौकी निर्माण भएपछि […]

मुख्‍य समाचार समाज

नेपालको बिजुली बङ्गलादेश निर्यात, आज त्रिपक्षीय सम्झौता

१७ असोज, काठमाडौँ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं […]