१२ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाज

आईसीसी लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ । टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १९ रनले पराजित भएको हो । २३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो । सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान […]

मुख्‍य समाचार समाचार

नेपाल राष्ट्र बैंकमा राेजगारीकाे अवसर

३२ साउन, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना)मा आवेदन आह्वान गरेको हो । बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि […]

मुख्‍य समाचार राजनीति समाचार

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रीको निर्देशन

३२ साउन,  काठमाडौं । गृह मन्त्री रमेश लेखकले गठ्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् । ट्राफिक प्रहरीको लापरबाहीका कारण स्कुटरमा सवार एक व्यक्तिको ज्यान गएको भन्दै स्थानीयले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग अघि सारेपछि गृह मन्त्री लेखकले यसमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्तु कुँवरलाई निर्देशन दिएका हुन् । ‘गठ्ठाघरको दुर्घटनामा के भएको […]

मुख्‍य समाचार समाज

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३२ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बस दुर्घटना हुँदा १७ जना घाइते

३२ साउन, डोटी । दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब […]

मुख्‍य समाचार राजनीति

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

३२ साउन,काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।  समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित […]

मुख्‍य समाचार समाज साहित्य/ समाचार

ठगको माया जालबाट उम्केकी उनी !

एक दिनको कुरा हो जब मेरो जागिर (हनुमान ढोका सार्दुल जंग गुल्ममा) एक बर्षको लागि खेलाडीको रुपमा अटेजमा थिए। त्यसबेला घर बिदा आएर काठमाडौ जानको लागि सदरमुकाम उदयपुर गाइघाट बाट नाइट गाडी चडेर लगभग दिउँसोको ४ बजेतिर काठमाडौको लागिमा चडे। गाडीमा जाँदै गर्दा जलजले ढाटबाट एउटि सानो झोला बोकेकी कुर्था सरवाल लगाएकी गोरि राम्री केटी […]

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सयलाई रोजगारी

३२ साउन, काठमाडौँ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सयजनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् […]

मुख्‍य समाचार समाचार समाज

पश्चिम नेपालमा भारी वर्षा, पहिरोको जोखिम

३२ साउन, काठमाडौँ ।  पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी,  बागलुङ, पर्वतमा वर्षा भएको छ । गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट वर्षामापन केन्द्र र आसपासको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अफगानिस्तानमा तालिबान सरकारद्वारा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध : राष्ट्रसंघ

३२ साउन, काबुल । तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ । अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो । सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको […]

मुख्‍य समाचार समाचार समाज

गठ्ठाघर दुर्घटना : मृतक उत्तम कोइराला रहेकाे पुष्टि

३२ साउन, काठमाडौँ । भक्तपुरको  गट्ठाघरमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुने व्यक्ति उत्तम कोइराला रहेको खुलेको छ। ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बिहीबार दिउँसो उनकाे मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजन कार्कीले दुर्घटनाग्रस्त स्कुटर उत्तम कोइरालाको नाममा दर्ता भएको र […]

मुख्‍य समाचार समाचार समाज

आज राति भारी वर्षाको सम्भावना

३२ साउन, काठमाडौँ । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही  स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका […]