५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

भ्रातृ संगठनहरुको अधिवेशन सकेर पार्टीको महाधिवेशनमा जुट्न डा.कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ संगठनहरुको अधिवेशन समयमै सम्पन्न गरेर पार्टीको महाधिवेशन गर्न दबाब बढाउन आग्रह गरेका छन् । आइतबार विहान नेपाल दलित संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं सदस्यहरुलाई बधाई दिंदै भ्रातृ संगठनहरुको अधिवेशन तत्काल गरेर समयमै पार्टीको महाधिवेशन गराउन दबाब बढाउन आग्रह गरेका हुन् । ‘पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैलीका कारण […]

मुख्‍य समाचार समाचार समाज

व्यापारीको गुनासोः सोचे जस्तो छैन व्यापार

काठमाडौँ, २० असोजः “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ । दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्, “दुई÷चार […]

मुख्‍य समाचार समाचार समाज

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख […]

मुख्‍य समाचार समाचार समाज

सरकारले सोमबार विश्व बसोबास दिवस मनाउने

काठमाडौं । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र विश्व वसोवास दिवस मूल तयारी समितिले असोज २१ गते सोमबार विश्व बसोबास दिवस मनाउने निर्णय गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले सोमबार ‘इन्गेजिङ युथ टु क्रिएट अ बेटर अर्बन फिचर’ भन्ने मूल नाराकासाथ विश्व बसोबास दिवस मनाउने निर्णय भएको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थी जंगल र खेतबारी धाउँछन्

मुगु । तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरु शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन् । मिति २०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठूलोलगानी खर्च गरेर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएपनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरु जंगलतिर धाउन बाध्य बनेका हुन् । पश्चिम भेगमा […]

मुख्‍य समाचार समाचार समाज

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

काठमाडौ। लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमासञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली, २० असोजः नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ । त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन् । सो […]

मुख्‍य समाचार समाचार समाज

माफी मागेपछि पत्रकारद्वय ढुंगाना र कँडेल कारागारमुक्त

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगानाअदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् । समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन् । सर्वोच्च अदालतको नौं सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही […]

मुख्‍य समाचार समाचार समाज

गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको काम धमाधम

काठमाडौं । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले काठमाडौं उपत्यका भित्रकै सबैभन्दा बढी प्रभावित गोदावरीमा पहिलो चरणको राहत र पुर्नस्थापनाको लागि सिंगो टिम सक्रिय भएको बताएका छन् । उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तत्काल बनाउन सकिने भौतिक पूर्वाधारहरु, ट्रयाकहरु खोल्ने कामहरु अगाडि बढाएको जानकारी दिए । उनले भने,‘उपत्यका कै सबैभन्दा बढी प्रभावित क्षेत्र गोदावरी हो । त्यसमा […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाह

काठमाडौं । नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ । नितीका अनुसार फिल्म ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी फिल्ममा काम गर्न […]

मुख्‍य समाचार समाचार समाज

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् । आइतबार राष्ट्रपति भवनशीतलनिवासमा दिउँसो १ः३० बजेसर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमाराउतलाई शपथ खुवाउन लागिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो । शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार […]