१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार

पूर्व डिआइजी जोशीलाई कास्की पुर्‍याइयो

६ असाेज, काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी)तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ । आइतबार अपराह्न पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्‍याएको हो । कास्की प्रहरीका अनुसार जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।

मुख्‍य समाचार समाचार

बेपत्ता व्यक्ति भेटिए, आरोपित थुनामै

६ असाेज, काठमाडौँ । गत मंसिरमा बेपत्ता भएका ताप्लेजुङका एक व्यक्ति नौ महिनापछि फेला परेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ घर भई फुङ्लिङ नगरपालिका-४ बस्दै आएका वीरेन्द्र फेम्बु लिम्बू फेला परेका हुन् । वीरेन्द्र केही दिन अघि भक्तपुरको सूर्य विनायक नगरपालिकामा रहेको आश्रममा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कागज गरी वीरेन्द्र अहिले दाजु […]

मुख्‍य समाचार राजनीति समाचार

समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउन काँग्रेसले नेतृत्व गर्नुपर्छ : देउवा

६ असाेज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा काँग्रेस महिला विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातिक प्रणालीबाट पछि हट्न नसक्ने […]

मुख्‍य समाचार राजनीति समाचार

संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

६ असाेज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरवारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् । उनले संविधान कार्यान्वयनको समीक्षामार्फत सबल र दर्लव पक्षको पहिचान गर्दै राष्ट्रिय स्तरको छलफल गरेर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

६ असाेज, वासिङटन डिसी । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी भएका छन् । केही बेर अघि प्रारम्भ भएको उक्त समिटमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, परराष्ट्र सचिव सेवा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत

६ असाेज, काठमाडौँ। नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन्। उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्योहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनै पनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन। एरिकाले सेमिफाइनल जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्। एरिकाले फाइनल यात्रा तय गरेपछि […]

मुख्‍य समाचार समाचार समाज

रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते

६ असाेज, रामेछाप । मन्थली नगरपालिका-५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । सदरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली-४ सालुतर्फ जाँदै गरेको बा १८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

६ असाेज,  काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो […]

मुख्‍य समाचार समाचार समाज

दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राख्न अनुमति

६ असाेज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईँलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ  अदालत ल्याइएको थियो । जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो

मुख्‍य समाचार राजनीति समाचार

रवि लामिछाने आज पक्राउ नपर्ने

६ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरू हल्ला मात्रै भएको प्रहरी स्रोतले जनाएको छ । रविलाई चाँडै पक्राउ गर्ने तयारी भने रहेको प्रहरीको भनाई छ । जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिने स्रोतले बताएको छ । गोर्खा मिडियाका पूर्व सञ्चालक […]

मुख्‍य समाचार राजनीति समाचार

देशका विद्यमान समस्या हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्छ

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको समस्याको हल गर्ने  सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन् । आइतबार ‘मिश्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रमलाई  सम्बोधन गर्दै उनले संसद्मा मात्र ठूलो नभएर देशको समस्याको हल गरेर ठूलो जिम्मेवारी लिनुपर्ने बताएका हुन् । उनले  भने, ‘नेपालको  सबैभन्दा ठूलो दल हुने  सुविधा हामीले त्यसै पाउँदैनौं […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाले बोलायो आकस्मिक भेला, उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा.अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् । केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताले भने,‘प्रदेश सभापतिले मेसेज गरेपछि हामीहरु भेला हुँदैछौं ।’ रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी […]