१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

रामेछापमा दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

७ असाेज, काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा वलेरो दुर्घटनामा परी मृत्यु हुनेको सख्या दुई पुगेको छ । मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

आइसिसी विश्व कप लिग-२: नेपालको लगातार तेस्रो हार

७ असाेज, काठमाडौँ ।पालले आइसिसी विश्व कप लिग-२ को तेस्रो खेलमा पनि हार बेहोरेको छ । आज विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो । १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । क्यानडाको किङ सिटीमा जारी खेलमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

७ असाेज, न्युयोर्क(अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी

६ असाेज, काठमाडौँ ।  श्रीलंकामा शनिबार भएको राष्ट्रपतीयता चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेश्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने विजेता भएका छन् । ४४ प्रतिशत बढी मत ल्याएका उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार

६ असाेज, काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो प्रतिष्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँगको दोस्रो प्रत्यक्ष बैठकको प्रस्ताव अस्वीकार गर्नुभएको छ । उहाँले केही राज्यहरूमा पहिले नै प्रारम्भिक मतदान भइरहेको हुनाले बहसका लागि ‘धेरै ढिलो’ भइसकेको बताउनुभएको हो । ट्रम्पले प्रस्ताव अस्विकार गरेको अघिल्लो दिन ह्यारिसले अक्टोबर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

६ असाेज, न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको प्रधान कार्यालयमा आज आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन् । उक्त समिटको उद्घाटन सत्रमा सहभागी भएपछि आयोजित छलफल सत्रको प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका हुन् । यो सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती […]

मुख्‍य समाचार राजनीति समाचार

आकस्मिक रूपमा फर्किँदै चीन भ्रमणमा गएको स्वर्णिम वाग्ले नेतृत्वको टोली

६ असाेज, काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ […]

मुख्‍य समाचार समाचार समाज

ग्रामीण क्षेत्रमा सञ्चालित हाटबजार स्थानीय उत्पादनको बजारीकरणमा सहयोगी

६ असाेज, काठमाडौँ । भएको हाटबजार आफूले उपभोग गरेर धेरै भएको तरकारीलगायत अन्य खाद्यान्न बस्तु बिक्री गरी आम्दानी गर्ने निकै राम्रो स्थल बनेको छ । धादिङको नीलकण्ठ नगरपालिका स्थित निगालपानी भन्ने स्थानमा स्थानीय उत्पादनको बजारी करणका लागी नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा व्यवस्थित हाटबजार सुरु भएको हो । हरेका शनिवार लाग्ने हाटबजारमा  गाउँमा उत्पादन भएको विषादी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु

६ असाेज, काठमाडौँ ।  अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन) क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् । धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ । गोलीबारी शनिबार राति ११ बजेपछि […]

मुख्‍य समाचार समाचार समाज

कैलालीमा एक महिला मृत फेला

६ असाेज, काठमाडौँ ।  कैलालीमा एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत फेला परेकी हुन् । उनी सोही ठाउँमा खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुख्‍य समाचार समाचार समाज

चट्याङ लागेर एक बालिका घाइते

६ असाेज, काठमाडौँ । बैतडीमा चट्याङ लागेर एक बालिका घाइते भएकी छन् । डिलाशैनी गाउँपालिका-४ मल्ला जोखल्लीमा शनिबार राती चट्याङ लागेर शंकर नेगीकी ३ वर्षीया छोरी घाइते भएकी हुन् । चट्याङले नेगीले पालेका ३ चौपाया (भैँसी, गाई र एक बाख्रो) मरेका र उनकी छोरी पनि घाइते भएकी आफन्त अनिल नेगीले बताए । चट्याङका कारण घरको […]

मुख्‍य समाचार समाचार समाज

धनगढी विमानस्थलमा ढलेर गोदावरीका एक जनाको मृत्यु

६ असाेज, काठमाडौँ । धनगढी विमानस्थलमा ढलेर गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौँ जानका लागि विमानस्थलमा बोडिङ पास गर्ने क्रममा गोदावरी नगरपालिका-२ का ५० वर्षीय शेरबहादुर बोहोरा ढलेका थिए । ढलेर बेहोस भएका उनलाई माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) […]