५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् । आइतबार राष्ट्रपति भवनशीतलनिवासमा दिउँसो १ः३० बजेसर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमाराउतलाई शपथ खुवाउन लागिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो । शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । आइतबार देखि कम्पनीले कलंकी स्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा,च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ […]

मुख्‍य समाचार समाचार समाज

हेटौँडा–काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने

हेटौँडा । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पु¥याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आज दिउँसोबाट सञ्चालनमा आउने भएको छ । यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आजबाट सवारीसाधन सञ्चालन हुने भएको हो । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक […]

मुख्‍य समाचार समाचार समाज

दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ । पाथिभरा पूर्वी […]

मुख्‍य समाचार समाचार समाज

मध्यपुर थिमि सहकारीको सम्मान, उत्तरदायी संस्थालाई सुधारको मौका दिइने

भक्तपुर । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको बताइएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

विपद्पछि स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गर्दै स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए । मन्त्री पौडेलले उपचाररत […]

मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन् । नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो । कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ […]

मुख्‍य समाचार समाचार समाज

दिपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समिक्षा

काठमाडौं । विगत लामो समयदेखि आपतकालीन हवाई उद्धारलाई प्रभावकारी बनाउन अनसनरत दिपक सिलवालले अनसन अन्त्य गरेका छन् । शनिबार गृह मन्त्रालयमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरुबीच सहमति भएपछि सिलवालले अनसन तोडेका हुन् । ग्रामिण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको माग राखी २०८१ भदौ […]

मुख्‍य समाचार समाचार समाज

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए । उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकक्ता औंल्याएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदापनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । उनले अहिले सरकार र सत्ता पक्षका नेताहरु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उदघोष गरेका हुन् । उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन […]

मुख्‍य समाचार राजनीति समाचार

कुनैपनि देशमाथिको हस्तक्षेप चाहँदैनौंः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए । शनिबार काठमाडौंमा आयोजित ‘नेपाल–भेनेभुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा उनले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरुको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको […]