१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

बलात्कार प्रकरण : मेडिकल कलेज तथा अस्पतालमा चिकित्सकको प्रदर्शन जारी

२ भदौ, भारत । भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् । चिकित्सकको यो आन्दोलनको प्रभाब देशका अन्य स्थानहरूमा पनि परेको छ । चिकित्सकहरूले तेलङ्गाना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायतका देशका धेरै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जलस्रोत विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल

२ भदौ । काठमाडौँ । पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ । आइतबार सिंहदरवारस्थित समिति सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा भएको छलफलमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र संशोधनकर्ता सांसदहरुसँग छलफल भएको हो । बैठकमा, संशोधनकर्ता सांसद दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई […]

मुख्‍य समाचार समाचार समाज

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गाईजात्रामा विशेष प्रदर्शनी गर्ने

२ भदौ, काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो । समाजका भक्ति शाहका अनुसार सधैँझैँ यसपालि पनि गौरव यात्रा […]

मुख्‍य समाचार समाचार समाज

अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ

२ भदौ, जलेश्वर । जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । केही […]

मुख्‍य समाचार समाचार समाज

आयुर्वेद सेवामा आकर्षण बढ्दै

२ भदौ, दमौली । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कार्यालयले आव २०७९-८० मा भन्दा गत आवमा सात […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

२ भदौ, काठमाडौँ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट पेस गर्ने प्रक्रियामा हुने छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्न र बेरुजु फछ्र्यौटलाई […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

एक महिनापछि रायामा टेलिफोन सेवा सञ्चालन

२ भदौ, सिमकोट । यहाँको खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो । उक्त स्थानको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर मर्मत गरेपछि शनिबार दिउँसोदेखि सञ्चालनमा आएको टेलिकम […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

म्याग्दी जिल्ला अदालतमा स्वचालित पेसी लागू

२ भदौ, म्याग्दी । यहाँको जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागू गरिएको छ । गत साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेसी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएको हो । स्वचालित पेसी लागू भएपछि कार्यसम्पादन छिटो, छरितो हुनाका साथै पेसी तोक्न सहज भएको अदालतका स्रेस्तेदार भोलाराज रेग्मीले बताए । उनका अनुसार अदालतमा दर्ता भएर […]

मुख्‍य समाचार समाचार समाज

अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून

२ भदौ, बरहथवा । सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीसमेत अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतम आवश्यकताभन्दा पनि धेरै कम शिक्षक दरबन्दी रहेको छ । दरबन्दीअनुसार शिक्षक दरबन्दी पर्याप्त नभएका कारण ५ कक्षासम्मका विद्यार्थीलाई दुई शिक्षकशिक्षिकाले पढाउनु परेको गोडैता नगरपालिका–२, जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले बताए । […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

आइबुप्रोफेन मनलाग्दी खानु घातक

२ भदौ, काठमाडौँ । खुट्टा दुखेर हैरान भएका जोरपाटीका श्याम श्रेष्ठ (नाम परिवर्तन) दिनहुँजसो आइबुप्रोफेन सेवन गर्थे । औषधि खाने समयसम्म उनलाई दुखाइ कम हुन्थ्यो । जसकारण उनका लागि सहज र सुलभ रामवाण जत्तिकै थियो, आइबुप्रोफेन । खुट्टाको दुखाइ त छँदै थियो । उनलाई बिस्तारै बान्ता हुने, रिंगटा लाग्ने, पाचन र पिसाबमा पनि समस्या देखियो […]

मुख्‍य समाचार समाचार समाज

२५ वर्षदेखि बुवा बेपत्ता, नागरिकता नबन्दा परिवारको भविष्य अन्योल

२ भदौ, जनकपुरधाम । सर्लाही हरिवन नगरपालिका–१०, घुर्कौलीचोकको एउटा छाप्रोमा खाजा पसल छ । लिट्टी, समोसा, चिया, मिठाइ पाइने खाजा पसल प्रविणकुमार महतोको परिवारको जीवन चलाउने एकमात्र आधार हो । छाप्रोमा चलाइरहेको त्यही खाजा पसलबाट महत्ताको परिवारका ६ सदस्यको छाक त जेनतेन टर्छ । तर उनको परिवारको भविष्यको अन्योल टरेको छैन । प्रविणको ठूलो पीरलोको […]

मुख्‍य समाचार राजनीति समाचार

बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त

२ भदौ, मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख […]