५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

कीर्तिमानी पर्वतारोही टोली काठमाडौं फर्कियो, विमानस्थलमा भब्य स्वागत

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ । शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । ३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनीसहित निमा रिन्जि शेर्पा, मिङमा […]

मुख्‍य समाचार समाचार समाज

पशुपति गौशाला धर्मशाला विवाद : सरकारी शैलीप्रति आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन् । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

एजेन्सी । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो । उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो । बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला विश्वकपबाट भारत आउट

काठमाडौं । २०२४ को टी–२० विश्वकपमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक हो । प्रतियोगितामा भारतको सुरुवात राम्रो हुन सकेन र न्युजिल्याण्डसँग हार बेहोरेको थियो । यसपछि भारतले पाकिस्तान र श्रीलंकालाई हराएर आफ्नो आशा जीवित राखेको थियो […]

मुख्‍य समाचार समाचार समाज

खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

काठमाडौँ । आज(मंगलबार)देखि बडादशैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादशैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् ।  यस वर्षको दशैँमा झण्डै […]

मुख्‍य समाचार समाचार समाज

दशैंको टीका लगाउनेक्रम जारी, बजार तथा सडकमा चहलपहल बढ्यो

काठमाडौं । विजया दशमी तेस्रो दिन आज(सोमबार) पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी छ । काठमाडौं उपत्यकालगायत देशभरका बजार एवम सडकमा चहलपहल पनि बढेको छ । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिड्नेहरुको चहलपहल सडकमा वाक्लै देखिन थालेको छ । सार्वजनिक यातायातमा पनि यात्रुहरुको चाप क्रमश वढेको छ । आश्विन शुक्ल […]

मुख्‍य समाचार समाचार समाज

मनकामना केवल कार तीन दिन बन्द रहने

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । भोलि मंगलबारदेखि तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो। मनकामना दर्शन प्रालि सूचना जारी गर्दै दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो […]

मुख्‍य समाचार समाचार समाज

विगतको बडादशैंहरु भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका

काठमाडौं । वडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दशैंमा भन्दा यस बढी चहलपहल देखिएको हो । फुलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए । असोज दोस्रो साता परेको अविरल बर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरुको संख्यामा कमी आउँदा यस्तो […]

मुख्‍य समाचार समाचार समाज

दशैंको टीका र आशीर्वाद लिनेक्रम जारी

काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आज(आइतबार)पनि जारी छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलमा दुवैतर्फ यात्रुहरुको अत्याधिक चाप

काठमाडौं । वडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो । असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुले खचाखच भएको छ । असोज […]

मुख्‍य समाचार समाचार समाज

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

काठमाडौं । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा पदक प्राप्त गरेको हा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसमः केही प्रदेशको पहाडी भूभागका वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको जनाएको छ । स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार […]