१४ चैत्र २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेली माई मन्दिर पछाडि रहेको फन पार्क क्षेत्रमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत फागुन २३ गते दिउँसो करिब ४ बजे उक्त स्थानमा एक युवकलाई नाङ्गै बनाएर कुटपिट गरिएको घटना सार्वजनिक भएको थियो। […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको भइरहेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौँ, २ चैत : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षम भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा छलफल भएको थियो । नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सेवा प्रवाह सहज बनाउन काठमाडौं प्रशासनमा ‘पब्लिक एनाउन्समेन्ट सिस्टम’ मोडेल लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित विशेष कार्यक्रममार्फत उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं । नेतृत्वमाथि स्वेच्छाचारी ढंगले संस्था सञ्चालन गरेको आरोप लगाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । आइतबार रातोपुल र भृकुटीमण्डपस्थित महासंघका कार्यालयहरूमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो । तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

मध्यपूर्वको तनावबीच अमेरिकी नागरिकलाई सतर्कताः दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी

काठमाडौं । मध्यपूर्वमा बढ्दो सुरक्षा तनावका बीच अमेरिकी सरकारले क्षेत्रमै रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सोमबार जारी अद्यावधिक यात्रा परामर्शमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नागरिकलाई व्यावसायिक उडानहरू अझै उपलब्ध रहेको तर अचानक उडान रद्द हुन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको हो । अमेरिकी विदेश विभागले जारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

२७ औं फ्लोरा एक्स्पोमा १ करोड २० लाखभन्दा बढीको कारोबार हुने अनुमान

काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष २७ औँ पुष्प प्रदर्शनी ‘फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ । आयोजकका अनुसार प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ता आउने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल ले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ‘स्वच्छ वातावरण, रोजगारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं । बालिका ईनिशा बिक हत्या सम्बन्धी घटनाको शीघ्र छानविन गरि संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारकोतर्फबाट ईनिशा विकका दाई चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् । साथै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ती जारीगर्दै आफुले संसदीय राजनीतिबाट विश्राम लिएको जनाएका हुन् । यद्यपी, राजनीतिको संघर्ष भने जारी राख्ने समेत उनले जानकारी गराएका छन् । विज्ञप्तीमा भनिएको छ,‘संसदीय राजनीतिबाट सन्यास लिएपनि संघर्षको राजनीति जारी राख्नेछु […]

बागमती मुख्‍य समाचार समाचार

स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर […]

बागमती मुख्‍य समाचार समाचार समाज

रामेछाप र दोलखामा हावा हुरीले पुर्यायो क्षति

रामेछाप । आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ । हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तामाङका अनुसार हावा हुरीले थप ५ घरमा आमसिक क्षति पुर्यायोको छ […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धन बनाउन ट्रम्पको पहल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् । उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार दिएको […]