१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

३ भदौ, चितवन । चितवनको माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई आज दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । उनका अनुसार प्रजाको शव घटनास्थलबाट ५०० मिटर तल भेटिएको थियो ।

मुख्‍य समाचार राजनीति समाचार

नेपालले भारतमा करिब एक हजार मेगावाट बिजुली निर्यात गर्ने

३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् । नयाँदिल्लीमा सोमबार परराष्ट्रमन्त्री आरजु राणासँग द्विपक्षीय बैठकपछि उनले उक्त खुसी व्यक्त गरेका हुन् । “नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो,” नेपाल–भारत द्विपक्षीय […]

मुख्‍य समाचार समाचार

यसरी बढेको थियो थामे बगाउने थ्याङ्बो हिमताल

काठमाडौं । थ्याङ्बो हिमताल फुट्दा ३२ साउनमा सोलुखुम्बुको थामे गाउँ बगाउने बाढी आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले जनाएको छ । सन् २०१७ मा युरोपियन स्पेस एजेन्सीको स्याटलाइटमार्फत गरेको अध्ययनको हवाला दिँदै ईसीमोडले थामेको माथिल्लो क्षेत्रमा रहेका हिमतालको आकार निरन्तर बढिरहेको बताएको छ । ईसीमोडका अनुसार हिउँ पग्लिएर आकार बढिरहेका हिमतालहरू विस्फोटको जोखिममा छन् ।

मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

३ भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् । […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेताद्वारा पार्टी त्यागेको घोषणा

३ भदौ, काठमाडौँ । नेतृत्वको चरित्र र कार्यशैली गलत भएको भन्दै दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेता-कार्यकर्ताले पार्टी त्यागको घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेका हुन् । उनीहरूले गत शनिबार […]

मुख्‍य समाचार समाचार समाज

इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

३ भदौ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउन सक्ने जोखिम औँल्याउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउन सक्ने भन्दै सचेत गराएको हो । “पाँचपोखरी गाउँपालिका-७ र ८ मेलम्ची नगरपालिका–७, […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी विपद् : पछिल्लो २४ घण्टामा ८ जनाले गुमाए ज्यान, मृतकको संख्या १९० पुग्यो

३ भदौ, काठमाडौँ । भारी वर्षाका कारण आएको बाढी, पहिरो चुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपाल प्रिमियर लिग मंसिर १५ देखि हुने

३ भदौ, काठमाडौँ । टी-२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुसम्म चल्नेछ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य […]

खेलकुद मुख्‍य समाचार समाचार

बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडरमा सन्दीप लामिछाने नियुक्त

३ भदौ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । सन्दीपको साइनिङ प्राइजबारे प्रश्न गर्दा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले […]

मुख्‍य समाचार समाचार

एक जना मृत अवस्थामा फेला

३ भदौ, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ का ४६ वर्षीय सूर्यबहादुर शाही आफ्नै घरमा आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, ८ जना घाइते

३ भदौ, धनगढी । कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरीको […]

कर्णाली मुख्‍य समाचार समाचार

जाजरकोट पहिरो : तीनजनाको मृत्यु

३ भदौ, काँक्रेविहार  । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् । उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । इलाका प्रहरी […]