१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

इनार सफा गर्दा डुबेर दुई जनाको मृत्यु

६ भाद्र, रुपन्देही । दाङको तुलसीपुरमा इनार सफाई गर्दा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार तुलसीपुर उपमहानगरपालिका–१३, दमार गाउँका ३८ वर्षीय यामबहादुर नेपाली र १७ वर्षीय मुकेश विक स्थानीय दुर्गा विकको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको हो । इनारबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरीका […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति?

६ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५८ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.६० रुपैयाँ रहेको छ भने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

आन्ध्र प्रदेश : रिएक्टरमा विस्फोट हुँदा जनाको मृत्यु, १७ घाइते

६ भाद्र, अनाकपल्ली (आन्ध्र प्रदेश, भारत) । अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् । “घटनामा तीन जनाको ज्यान गएको छ र १७ जना घाइते भएका छन्”, आन्ध्र प्रदेशका श्रम, कारखाना, बोइलर र बीमा चिकित्सामन्त्री वासमसेट्टी सुभाषले भने । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

सिक्किम सरकारले सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशित गर्ने

६ भाद्र, काठमाडौँ । भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरूमा अनिवार्य प्रयोग गर्ने नियम सुरु भएको छ । राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भारतको संविधानमा सूचीकृत गरेको भन्दै त्यसलाई प्रयोग अनिवार्य गर्ने बताइएको छ । सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरू, राजपत्रहरू अंग्रेजी […]

मुख्‍य समाचार समाचार

काठमाडौँसहित सातवटै प्रदेशमा बिहानैदेखि भारी वर्षा

६ भाद्र ,काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । काठमाडौंमा पनि वर्षा भइरहेको छ । मंगलबार साँझदेखि नै काठमाडौंमा वर्षा भइरहेको छ । […]

मुख्‍य समाचार समाचार समाज

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट

५ भाद्र २, काठमाडौं । नेपाल प्रहरीको सेवामा ३० वर्षे हदबन्दी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । ट्राफिक महाशाखामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाश पत्र पाएका इन्सपेक्टरदेखि एसएसपीसम्मका २१ जनाको वारेस भई भक्तपुर ठिमीका कुमार बस्नेतले बुधबार रिट दायर गरेका हुन् । सर्वोच्चमा दायर […]

अस्पतालको शौचालयमा भेटियो नवजात शिशु

५ भाद्र २, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । बुधबार अस्पतालभित्रको प्रसूति वार्डमा रहेको शौचालयमा मृत शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले शिशु कसको हो भन्नेबारे अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार अस्पतालमा प्रसूतिका लागि भर्ना भएकाहरूको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पाकिस्तानको संसद्‌मा मुसाको आतंक, तर्सिन्छन् नयाँ सांसद

५ भाद्र, काठमाडौं । पाकिस्तानको संसद्ले यतिबेला ठूलो समस्याको सामना गरिरहेको छ । यो समस्या कुनै राजनीतिज्ञ र सांसदले सिर्जना गरेको होइन । समस्या सिर्जना गरेका हुन् संसद् भवनमा रहेका मुसाले । नेताहरूको कार्यालयमा मुसाको चहलपहल बढेको छ । जसले गर्दा नयाँ सांसदहरूमा डरको वातावरण सिर्जना गरेको छ । यो समस्या तब देखियो जब एक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुग्यो

चेङ्दु (चीन) । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको संखया आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ कामदार फसेका थिए । बुधबार दिउँसो २ बजेसम्म सातजनाको मृत्यु भएको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुअघि पूर्वाधार सुनिश्चित गर्न माग

५ भाद्र, काठमाडौँ।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार सुनिश्चित गरेर मात्र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् । संघीय सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग बुधवार प्रतियोगिताबारे वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा नगर्न आग्रह गरेका हुन् । उनले पूर्वाधारका काम समयमै सम्पन्न हुने सुनिश्चित भएपछि मात्रै […]

राजनीति समाचार

सरकारमा जान हतार गर्दैनौँ, सरकार नै हामीसँग आउनुपर्छ : ‘प्रचण्ड’

५ भाद्र, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौ भन्ने पनि सही नभएको उनले बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए । उनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘हामी सरकारमा […]

मुख्‍य समाचार समाचार

भोलि सार्वजनिक बिदा

५ भाद्र, काठमाडौँ । सूर्यविनायक नगरपालिकाले भोलि (बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सूर्यविनायक-८ स्थित डोलेश्वर महादेव मन्दिरलाई विसं २०६६ भदौ ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो। स्थानीयले उक्त दिनलाई पर्वका रूपमा मनाउँदै आएका छन्। अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक […]