१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अनसनकारीको समर्थनमा ऐक्यबद्धता

६ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टापछि अनसनकारीको समर्थनमा विभिन्न संघ संस्था तथा पेसागत संगठनहरुले  एक्यबद्धता जनाएका छन् । विभिन्न सामाजिक संस्था तथा नागरिक समाजका संगठनहरुले प्रेस विज्ञप्ती जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाई अधिवक्ताहरुको टोलीले जिल्ला प्रशासन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

६ भदौ, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(विहीबार) छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख  ५१  हजार ९ सय रूपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।  यस्तै आज चाँदीको […]

प्रवास मुख्‍य समाचार समाचार समाज

एनआरएनए छिन्नभिन्न भएपछि यूएनडिओले सक्रियता बढायो

६ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनएए)को १० औँ महाधिवेशनबाट अलग भएका गैर आवसीय नेपालीहरुले स्थापना गरेको युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडिओ)ले आउँदो अक्टोबरमा प्रथम महाधिवेशन गर्नेगरी तयारी गरेको छ । विश्वभर आफ्नो संजाल विस्तार गर्न सदस्यता वितरणको प्रक्रिया पनि अगाडि बढाएको छ । हाल एनआरएनए छिन्नभिन्नजस्तै भएपछि यूएनडिओले आफ्नो उपस्थिति बलियो देखाउनेगरी सदस्यता […]

मुख्‍य समाचार राजनीति समाचार

घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छः उपसभामुख

६ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेका बताएकी छिन् । नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले पाल्पाको रामपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले बाल संरक्षण कानुन स्पष्ट नरहेको बताएकी हुन् । ‘बालसंक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरूरी छ’,उनले भनिन् । दृष्टिवीहिन, अभिभावक […]

मुख्‍य समाचार समाचार समाज

टानको निर्वाचनः पाण्डे टीमले सार्वजनिक गर्यो २२ बुँदे एजेण्डा

६ भदौ, काठमाडौं । ट्रेकिङ एजेन्सीज  एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले आफ्ना एजेण्डाहरू सार्वजनिक गरेको छ । यहीँ भदौ १७ गते सम्पन्न हुन गइरहेको (टान) को निर्वाचनका लागि पाण्डे नेतृत्वको प्यानलले २२ बुँदे एजेण्डाहरू सार्वजनिक गरेको हो । जसमा दान अक्षयकोषको स्थापना गरिनुका साथै पर्यटन व्यवसायमा […]

मुख्‍य समाचार राजनीति समाचार

प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेको छः गृहमन्त्री

६ भदौ, जनकपुरधाम ।  गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी सम्बन्धमा नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा […]

मुख्‍य समाचार समाचार

कैलालीमा ५ सय बढी घर डुबानमा

६ भाद्र, कैलाली । कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ । भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय बाढी घर डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् । भजनीमा ४ सय […]

मनोरन्जन मुख्‍य समाचार समाचार

अभिनेता विपिन कार्कीलाई मातृशोक

६ भाद्र, काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो । फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो । सरस्वतीको पार्थिव शरीरलाई बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । कार्की आमा बिरामी […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

६ भाद्र, काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ। उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

जर्मनीका गोलकिपर नेउरले लिए संन्यास

६ भाद्र, काठमाडौं । जर्मनीका गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । विश्व चर्चित गोलकिपर नेउरको यो निर्णयसँगै अब उनले क्लब फुटबल मात्र खेल्नेछन् । बार्यन म्युनिखका गोलकिपर नेउरले बुधवार एक भिडियो सन्देश जारी गर्दै नेउरले यो निर्णय गर्न आफूलाई निकै मुस्किल भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएको घोषणा गरेका हुन् । युरो […]

राजनीति समाचार

संसदमा आज प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

६ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज सांसदले उठाएको प्रश्नहरूको जवाफ दिँदैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै आजकै बैठकमा विषयगत समितिमा हेरफेरदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर […]

मुख्‍य समाचार समाचार

थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने

६ भाद्र, काठमाडौं । सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभावित क्षेत्रको विस्तृत अध्ययनका लागि विज्ञसहितको प्राविधिक टोली पठाउने तयारी भइरहेको जनाइएको हो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल […]