१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

सामाजिक सञ्जाल नियमन गर्न कानूनको ड्राफ्ट तयार गर्नुपर्छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानूनको ड्राफ्ट तयार भएको बताएका छन् । शुक्रबार गुरुङ सम्पदा पदमार्ग ‘गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल’ को शुभारम्भ तथा नक्सा विमोचन कार्यक्रममा उनले नियमन गर्ने कानून नहँुद समस्या भएको भन्दै यसको लागि मन्त्रालयमा कानूनको ड्राफ्ट तयार भएको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार

शनिबार युवाहरु प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

काठमाडौं । विभिन्न युवा अभियान्ताहरुको नेतृत्वमा ओली सरकारले भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भोलि भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागि हुन आम जनतालाईसमेत आह्वान गरेका छन् । अभियान्ताहरु डा.निकोलश भूसाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, बिजय कँडेल, सोम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

डा.सीके राउतको ‘वैरागदेखि बचावसम्म’माथि वहस

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नो आत्मकथा सम्बन्धी पुस्तक ‘वैरागदेखि बचावसम्म’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । राउतले पुस्तक इतिहासको एउटा कालखण्ड र दस्तावेज भएको भन्दै यसमा विगतको अवस्था परिस्थितीको बारेमा व्याख्या गरिएको बताए । उनले भने, ‘किताब नयाँ होइन, तेस्रो संस्करण हो । किताब […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राणा र शाहले झुक्याएर भाडामा दिए, करोडौं डुबाएर आत्महत्यासम्म पुर्याउँदैछन्’

काठमाडौं । नगरकोटस्थित जाईका रिसोर्ट द जंगल रिट्रिटका संचालकले वन क्षेत्रमा संरचना निर्माण गरी आफूलाई झुक्याएर भाडामा लगाएको बताएका छन् । रिसोर्टका संचालक सुरेश भट्टराईले वन क्षेत्रमा अवैध संरचना निर्माण गरी भाडामा लगाएको र अहिले जबरजस्ती हटाउन लगाउँदा आफ्नो करोडौं लगानी डुब्ने खतरामा पुगेको बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले काभ्रेको मण्डनदेउपुर नगरपालिका […]

अर्थ कर्णाली मुख्‍य समाचार राजनीति समाचार समाज

सामाजिक विकास कार्यालय मुगुले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम

मुगु । सामाजिक विकास कार्यालय मुगुले आ.व २०८१/०८२ को वार्षिक कार्यक्रम सावजनिक गरेको छ । जिल्लामा रहेका सरोकारवाला निकायहरुका बीच सार्वजनिक कार्यक्रम गरी बार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । सामाजिक विकास कार्यालय मुगुले वार्षिक कार्यक्रमका रुपमा शिक्षा क्षेत्रको अनुगमन, विद्यालय भवन, पर्खाल निर्माण गर्ने, रंगशाला, अनुगमन, सीपमूलक, धार्मिक, सांस्कृतिक, महिला, बालबालिका, खेलकुदलगायत विभिन्न क्षेत्रमा काम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चाडपर्वको समयमा खाद्यान्नको अभाव हुने छैनः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व र  अन्य  समयमा खाद्यन्नको अभाव नहुने बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै  उनले नयाँ करका दरहरु हेरफेर हुँदा बजारमा मूल्यको प्रभाव परेपनि खाद्यान्न वस्तुको अभाव नहुने बताएका हुन् । उनले भने, ‘चाडपर्वलाई विषेश लक्षित गरेर अहिलेको अत्यावश्यक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

टीकापुर हत्याकाण्ड सम्बन्धि लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौैं । नागरिक उन्मुक्ति पार्टी, बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ । शुक्रबार टीकापुर हत्याकाण्ड भएको नौं वर्षको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी नाउपा बागमती प्रदेश समितिले उक्त प्रतिवेदन सार्वजनिक नाउपालाई उन्मुक्ति दिन माग गरेको हो । नाउपा बागमती प्रदेश समिति उपाध्यक्ष […]

मुख्‍य समाचार समाचार समाज

बाढी, पहिरोलगायतका विपद्‍बाट एकसय ९५ जनाको मृत्यु

७ भदौ ,काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, […]

मुख्‍य समाचार राजनीति

मन्त्रिपरिषद् निर्णय सार्वजनिक, द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति

७ भदौ ,काठमाडौँ। सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। सरकारले नेपाल आयल […]

समाचार समाज

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल

७ भदौ ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए। उहाँले संस्कृत अमृत भाषा […]

मुख्‍य समाचार समाज

 शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो

७ भदौ ,गुलरिया (बर्दिया)। जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को त्रैमासिक परीक्षा रोकिएको छ । नगरपालिकाले दरबन्दी मिलानका क्रममा विद्यालयमा कार्यरत सामाजिक विषयको शिक्षकलाई अन्यत्र सरुवा गरेपछि पदपूर्ति नहुँदा तीन महिनादेखि विद्यालयमा सामाजिक विषयको अध्यापन गराउने शिक्षक अभाव छ । दरबन्दी मिलानका […]

समाचार समाज

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

७ भदौ ,ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् । विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो । २०७६ सालमा सो पोखरी संरक्षणका लागि […]