१३ चैत्र २०८२, शुक्रबार

बंगलादेशी क्रिकेट अलराउन्डर साकिबविरुद्ध हत्या आरोपमा उजुरी

८ भाद्र, काठमाडौं । बंगलादेशी क्रिकेट टिमका अलराउन्डर साकिब अल हसनविरुद्ध हत्याको आरोपमा उजुरी दर्ता भएको छ । साकिबमाथि मृतक रुबेलका बुवा रफिकल इस्लामले हत्या आरोपसहित उजुरी दर्ता गरेका हुन् । रुबेलले ढाकास्थित अडाबोर प्रहरी चौकीमा उजुरी दर्ता गराएको बंगलादेशी सञ्चार संस्था ढाका ट्रिब्युनले जनाएको छ । ढाका ट्रिब्युनका अनुसार साकिब यस मुद्दाका २८औँ आरोपी हुन् […]

मुख्‍य समाचार समाचार समाज

खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

८ भाद्र, किमाथांका । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन् । शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाचार समाज

अण्डाको मूल्य बढ्यो

८ भाद्र, चितवन । भदौ लागेपछि अण्डाको माग र मूल्य बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायत कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य […]

मुख्‍य समाचार समाचार

एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

८ भाद्र, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना नेपालले कुल रु. एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु. एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार गत साउनमा नेपालले रु.एक खर्ब २८ […]

मुख्‍य समाचार समाचार समाज

हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेङ्गी संक्रमण बढ्दै

८ भाद्र, काठमाडौँ । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताए । ७५ जिल्लामा पाँच हजार एक सय १९ जनामा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

जर्मनीमा छुरा आक्रमण, तीन जनाको मृत्यु, चार घाइते

८ भाद्र, जर्मनी। पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  । प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ ।  “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको […]

मुख्‍य समाचार समाचार समाज

तीजको दर खाँदा फूड पोइजन भएर देवदहमा महिलाहरु बिरामी

८ भाद्र, रूपन्देही । रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् । देवदह-६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

भारतका युवा राज्यमन्त्री काठमाडौँमा

८ भाद्र, काठमाडौँ । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौँ आइपुगेकी हुन् । उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको  […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई

८ भाद्र, भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारिन् । आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी […]

मुख्‍य समाचार समाचार समाज

सर्पले डसेर एक बालक घाइते

८ भाद्र, धनगढी । कैलालीको अत्तरियामा सर्पले डसेर एक बालक घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ वनखेतमा पारस गिरीको छोरा १४ वर्षीय सागर गिरिलाई सर्पले डसेपछि घाइते भएका हुन्। घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सर्पको धनगढी उपमहानरभित्र कार्यरत नगर प्रहरीले उद्दार गरेको छ।

मुख्‍य समाचार समाचार समाज

धनगढी उपमहानगरले आचार्य दमाईलाई राेजगारी प्रदान गर्ने

८ भाद्र, धनगढी । शनिबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गरेका हुन् । आचार्य दमाइलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल र कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन्। आर्थिक अभाव […]

मुख्‍य समाचार राजनीति समाचार

गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ : रवि लामिछाने

८ भाद्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन् । शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका हुन् । लामिछानेले समितिमा […]