१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

‘सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक’

२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता बुवाआमालाई सधैं समाजले सम्झिरहने बताएका हुन् । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई […]

मुख्‍य समाचार समाचार समाज

सीके राउतले दायर गरे श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा

२७ भदौ, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा दायर गरेका हुन् । राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा […]

मुख्‍य समाचार समाचार समाज

प्रत्यारोपण केन्द्रको गेट अगाडि प्रदर्शन, मन्त्रालय घेर्ने चेतावनी

२७ भदौ, भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासी विहीबार पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले नौं दिनदेखि आन्दोलनलाई निरन्तरता दिंदै आएका हुन् । विहीबार पनि उनीहरुले अस्पताल गेट अगाडि डेढ घन्टा प्रदर्शन गरे । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

कोशीमा को-को बन्दैछन् संसदीय समितिको सभापति ?

२७ भदौ, विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मिनी संसदको रुपमा रहेको समितिको सभापति कांग्रेस–एमालेले ३–३ वटा बाडेका छन् । माओवादी केन्द्रले एउटा समिति पाएको छ । कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एप्पलले बन्द गर्‍यो आइफोन १३ सिरिज र १५ प्रो, अब कुन मोडेल किन्ने ?

२७ भदौ, काठमाडौँ । एप्पलले सोमबारको आफ्नो बहुप्रतिक्षित आइफोन १६ सिरिजको लञ्च गरेसँगै आफ्ना दुई पुराना आइफोन मोडेलको अन्त्य गरेको छ । योसँगै अब एप्पलले आइफोन १३ र आइफोन १५ का प्रो मोडेलहरु बिक्री गर्नेछैन । यसको अर्थ अब तपाईंले एप्पल स्टोरहरुबाट आइफोन किन्न चाहनुहुन्छ भने केवल आइफोन १४, १४ प्लस आइफोन १५,  १५ प्लस, आइफोन एसइ तथा […]

अर्थ मुख्‍य समाचार समाचार

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन : अर्थमन्त्री

२७ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा संचालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका हुन् । उनले भने,‘आजभोलि चलनचल्तीको भाषा […]

मुख्‍य समाचार समाचार समाज

बुटवल–गोरुसिङ्गे सडक वन्यजन्तुमैत्री बनाइँदै

२७ भदौ, बुटवल । दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ । यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लागिसकेको छ । असोज पहिलो हप्ताभित्र ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन […]

मुख्‍य समाचार समाचार समाज

पोखरा–मुग्लिन सडक निर्माणमा ढिलाइले दुर्घटनाको जोखिम

२७ भदौ, दमौली । बुधबार तनहुँमा भएको छुटाछुटै सवारी दुद्र्यटनामा परेर एक जनाको मुत्यु र ११ जना घाइते भए । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको भयो भने आँबुखैरेनीमा खहरेमा यात्रुवाहक बस खस्दा ११ जना घाइते भए । फरकफरक दुर्घटना भए पनि दुवैको कारण प्रकृति भने एकै […]

मुख्‍य समाचार राजनीति समाचार

हथौडा हस्तान्तरण गरेर यूएन महासभाको ७९औं सत्र सुरु, विविधतामा एकतामा जोड

२७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सेयर बजारबाट कहाँ गयो पैसा ?

२७ भदौ, काठमाडौं । साउन ३१ गते सेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार रेकर्ड बन्यो । सो दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भयो । भदौको पहिलो कारोबार दिन २ गते २८ अर्ब ८३ करोडको कारोबार भयो । त्यसपछिका कुनै पनि दिन कारोबार रकम २० अर्ब पनि पुगेन । त्यसयता बजारको परिसूचक नेप्से घट्दै […]

अर्थ मुख्‍य समाचार समाचार

नेपाल ल्युब आयलले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांश घोषणा

२७ भदौ, काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समित बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर घोषणा गरेको हो । सो लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गतेका लागि साधारणसभा बोलाएको छ । असोज ४ गतेका लागि बुक क्लोजको मिति तय […]

मुख्‍य समाचार समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह

२७ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा […]