१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्नुहोला : प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा विहीबार भएको विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र […]

मुख्‍य समाचार समाचार समाज

हज यात्रा जानेहरुका लागि सरकारले विशेष सुविधा उपलब्ध गराउने

२७ भदौ, काठमाडौं । नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज(तिर्थाटन) यात्रामा जानेहरुका लागि सहजीकरण गरिरहेको जनाएका छन् । यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था समेत गरिने बताएका हुन् । उनले  भने, ‘हज यात्रा गर्ने यात्रुका […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

छत्रकोट गाउँपालिकाकी वडा सदस्य नेपाली पदमुक्त

२६ भदौ, काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका ५ को दलित महिला वडासदस्य पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो । नेपाली नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित भएकी थिइन् । कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार […]

मुख्‍य समाचार राजनीति समाचार

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन

२७ भदौ, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकमा यो विषयमा छलफल भएको थियो । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्नेमा प्रष्ट हुनुपर्ने बताए । प्रवेश गर्न नहुनेमा आम सहमति देखिए […]

मुख्‍य समाचार राजनीति समाचार

मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन् । सिंहदरबारमा दिउँसो साढे २ बजे मन्त्रीहरुलाई सम्झौताका लागि बोलाइएको छ । यो सम्झौताका आधारमा मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ बन्ने छ । २१ जना मन्त्रीसँग हुने कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१/८२ मा गर्नुपर्ने प्रमुख काम र समयसीमा उल्लेख छ । मन्त्रीहरुले सम्झौता […]

मुख्‍य समाचार राजनीति समाचार

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

२७ भदौ, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । उच्च अदालतमा विद्यार्थीले मुद्दा हालेपछि यही भदौ २८ शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो । निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नामावली नआएपछि साइन्स एण्ड टेक्नोलोजी डिपार्टको छैटौं सेमेस्टरका विद्यार्थीले रिट हालेका हुन् । स्ववियु निर्वाचन […]

कोशी प्रदेस समाचार मनोरन्जन मुख्‍य समाचार

मिसेस पुर्वेली आइकन : असोज १२ गते ग्राण्ड फिनाले

२७ भदौ, इटहरी । इटहरीमा आयोजना भइरहेको ‘मिसेस पुर्बेली आईकन–२०२४’को फोटोसुट तथा भिडियोसुट गरिएको छ । अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ गते इटहरीमा यसको ग्राण्ड फिनाले आयोजना गर्ने योजना आयोजकले बनाएको छ । विवाहित महिलाहरुको व्यक्तित्व, सीप, र बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य प्रदर्शनमा मात्र सीमित […]

मुख्‍य समाचार राजनीति समाचार

निजी क्षेत्रमा अख्तियारको क्षेत्रधिकारबारे समिति स्पष्ट हुनुपर्ने

२७ भदौ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्रधिकार जाने कि नजाने भन्ने विषयमा समिति स्पष्ट हुन जरुरी रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल उनले पहिला निजी क्षेत्रमा अख्तियारको क्षेत्रधिकार जाने […]

मुख्‍य समाचार राजनीति समाचार

नीतिमा आधारित बजेट छुट्टयाउन मन्त्री काफ्ले प्रतिबद्ध

२७ भदौ, हेटौडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शारीरिक रुपमा अशक्त बालबालिकाहरुको लागि सरकारले गर्नुपर्ने दायित्व ‘आशा विशेष पाठशाला’ले निर्वाह गरेको बताएका छन् । बिहीबार हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोस्रो तल्ला भवनको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले अशक्त बालबालिकाहरुको क्षेत्रमा आशा विशेष पाठशालाले गरेको कामको प्रसंशा गर्दै […]

मुख्‍य समाचार राजनीति समाचार

वालुवाटार बैठक : संवैधानिक परिषदका विषयमा छलफल

२७ भदौ, काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच शुक्रबार बस्ने संवैधानिक परिषद् बैठकको तयारीका सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको हो । संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पूजाको प्रसाद खाएर विरामी पर्नेको संख्या ७३ पुग्यो

२७ भदौ, झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेको छ । हालसम्म बिरामीको संख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले जनाएका छन् । बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने उनीहरु बिरामी परेका हुन् । स्थानीय खरबन्दी […]

मनोरन्जन मुख्‍य समाचार समाचार

 मालश्री ऋतु राग सुरु ः प्रवर्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा 

२७ भदौ, काठमाडौँ । मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ । धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अमूर्त सम्पदाको सुक्ष्म विषयलाई उजागर गर्ने महानगरपालिकाको कार्यक्रमलाई मालश्री धुनको प्रस्तुतिले योगदान दिने बताइन । मालश्री धुन दशैँ लागेपछि मात्र बजाउने चलन जस्तो देखिएको छ । दाफा संगीतअन्तर्गत पर्ने यो धुन काया अष्टमीदेखि बजाउने परम्परा हो । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, छोडिँदै र चलनबाट बाटो विराउँदै गएका संस्कारलाई मौलिक अवस्थामा पुनःस्थापना प्रयासअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा जति तालको मालश्री धुन, च्व तालमा कालिका जग बोलको र हाइ रे ज्यापुनी तता बोलको मालश्री धुन, अस्तरा तालको खिं द्यःल्यायेगु, छुंमा, मालश्री ग्वारासहित विविध धुन तथा रागहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत धुनमा खिं, पोंगा, ता, झ्याली, वय्, पछिमा मादललगायत मौलिक बाद्यबादन प्रयोग गरिएको थियो । कार्यक्रममा नेपाली भाषाका गीतका धुनहरु प्रस्तुत गरिएका थिए । कार्यक्रम स्वर्णिम योजना ‘सांस्कृतिक सहर’ अन्तर्गत सम्पन्न भएको हो । कार्यक्रमका फोकल पर्सन तथा सम्पदा तथा पर्यटन विभागका सहायक निर्देशक धर्म मुनिकारका अनुसार मालश्री धुन बजाउने चलन दाफा संगीतसँगै सुरु भएको मानिन्छ । यसमा मौसम, खेतीपातीलगायत जीवनशैलीसँग सम्बन्धित गायन पनि हुन्छ । मालश्री धुन कोजाग्रत पूर्णिमासम्म बजाइन्छ ।