१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु

६ असाेज,  म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु गरेको हो । गत साउन २९ गते रु. तीन करोड २३ लाख १८ हजार पाँच सय ४४ […]

मुख्‍य समाचार समाचार समाज

बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

६ असाेज, बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । ला लागू औषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो । जिल्लामा हाल करिब १० हजार लागू औषध प्रयोगकर्ता रहेको लागु औषध उपचार तथा पुनः स्थापना केन्द्र महासंघका संयोजक रमेशकाजी महर्जनले बताए । […]

समाचार समाज

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण सुरु

६ असाेज, तनहुँ । तनहुँको धार्मिक पर्यटकीय स्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु. ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी […]

मुख्‍य समाचार राजनीति समाचार

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

६ असाेज, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन्। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् […]

मुख्‍य समाचार समाचार समाज

पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

६ असाेज, नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । विसं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो । त्यसयता अस्पतालमा बिरामीको चाप निकै बढेको छ तर अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या […]

समाचार समाज

विदेशिए गोठाला, हराए गोठ

६ असाेज, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए । बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश […]

मुख्‍य समाचार समाचार

आजको राशिफल यस्तो रहनेछ ।

६ असाेज, काठमाडौँ । मेष : आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ । मिथुन :  आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ । सिंह : […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

६ असाेज, काठमाडौँ । न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्।

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

६ असाेज,  काठमाडौँ  । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा […]

मुख्‍य समाचार समाचार

‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’

६ असाेज, काठमाडौँ । ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ । प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, […]

मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको मौसम पूर्वानुमान

६ असाेज, काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ ।  कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री डा. राणा न्यूयोर्कमा

६ असाेज,  अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छिन्। स्थानीय समय अनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी हुन् । मन्त्री राणालाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत […]