१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना

काठमाडौं । नेकपा एमालेका कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना भएको बताएका छन् । आइतबार बृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक नभएको बताएका हुन् । उनले भने, ‘नेपालमा जुन क्षेत्रमा पनि राजनीति हुने तर राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । आइतबार छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । मन्त्रिपरिषद्बाट निर्णय भएर आएको सुझाव कार्यान्वयनमा लैजान गृहमन्त्री […]

मुख्‍य समाचार समाचार समाज

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । पक्राउ परेका जोशीलाई आजै […]

मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘एक्टरस् टेक वन’का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टरस् टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार(प्रसारका लागि प्रयोग गरिनेछन् । पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप […]

मनोरन्जन मुख्‍य समाचार समाज

पोखरामा असोज ३० गतेदेखि योग महोत्सव हुने

६ असाेज, काठमाडौं । पोखरामा आगामी असोज ३० गतेदेखि चार दिनसम्म योग महोत्सव हुने भएको छ । होटल संघ नेपालको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि आध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले योग महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन हुँदैछ । महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुने भएको हो । […]

मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको दक्षिण एशिया संगठन समितिको बैठक जारी

६ असाेज, काठमाडौ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको […]

मुख्‍य समाचार राजनीति

असमझदारीबाट सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुन्छ’

६ असाेज, काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानलाई स्थायीत्व दिने र व्यवहारमा अझ प्रभावकारी बनाउनेगरी संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार संविधानसभा सदस्य परिषद् नेपाल केन्द्रिय तदर्श समितिले १० औं संविधान दिवसमाको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संशोधनको विषय कसले उठायो त्यसको पक्षमा कि विपक्षमा जाने भन्ने कुराबाट नै असमझदारी सुरु भएर संविधान […]

मुख्‍य समाचार राजनीति समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई प्रहरी नियन्त्रणमा

६ असाेज, काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो […]

मनोरन्जन मुख्‍य समाचार समाज

चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ..’ सार्वजनिक

६ असाेज, काठमाडौं । पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । गीतमा संजोगले अचानक […]

मुख्‍य समाचार राजनीति समाज

कोशी प्रदेशसभाः बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

६ असोज, विराटनगर ।  कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो । त्यसअवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यसपटक समयमै बजेट पारितगरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्वपूर्ण […]

मुख्‍य समाचार समाज

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

६ असोज, काठमाडौँ । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा […]

अर्थ मुख्‍य समाचार समाज

नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो

६ असोज, काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो । आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता […]