१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाज

साफ यू–१७ च्याम्पियनसिप : आज नेपाल र भुटानबीच प्रतिस्पर्धा

९ असाेज, काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । समूह बीमा रहेको नेपाल र भुटानबीचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पनि खेल्ने छन् । पाकिस्तान र […]

मुख्‍य समाचार समाज

हर्षोल्लासका साथ मनाइँदै जितिया पर्व

९ असाेज, जनकपुरधाम । देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज धुमधामका साथ मनाइरहेका छन् । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइने जितियाको मुख्य दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

ला लिगा : डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित

९ असाेज, काठमाडौं । स्पेनिस ला लिगामा  रियल म्याड्रिडले  डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ । एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो । रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे । रियल जिततर्फ अग्रसर भएको […]

खेलकुद मुख्‍य समाचार समाज

वर्षा बाधक बन्दा नेपाल र ओमानबीचको खेल रद्द

९ असाेज,  काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८ः४५ बनेदेखि सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान खेल्नयोग्य नबन्दा खेल रद्द भएको हो । नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो । नेपालले पहिलो […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

९ असाेज,  काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार  तुलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ । युएई […]

मुख्‍य समाचार समाचार समाज

मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

९ असाेज,  घोराही (दाङ) । घोराही उपमहानगरपालिका-१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि […]

मुख्‍य समाचार समाचार समाज

वडाध्यक्ष तिलकराम यादवको निधन

९ असाेज,  काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ। भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए। यादव नेपाली काँग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए। यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको छ।

मुख्‍य समाचार समाचार समाज

अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान : सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

९ असाेज, गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ । “मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र […]

मुख्‍य समाचार समाचार समाज

रवीन्द्र मिश्रको टिप्पणीप्रति ‘प्रचण्ड’ सचिवालयको आपत्ति

९ असाेज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ । अध्यक्ष ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् । ‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू […]

मुख्‍य समाचार समाचार समाज

बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

९ असाेज,  बलेवा (बागलुङ) । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गरे । दुई तले भवनमा साना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा […]

मुख्‍य समाचार समाचार समाज

लुटपाटको अभियोगमा तीन जना पक्राउ

९ असाेज,  काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका  उज्ज्वल […]

मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिममा बुधबारदेखि शनिबारसम्म धान नकाट्न आग्रह

९ असाेज,  काठमाडौँ । सुदूरपश्चिममा बुधबारदेखि शनिबारसम्म भारी वर्षाको संभावना भएकाले सतर्क रहन सबैमा अपिल गरिएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति नै जारी गरेर यस्तो अपिल गरेको हो। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी […]