१८ चैत्र २०८२, बुधबार
अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

‘केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर राष्ट्र बैंक अगाडि बढ्छ’

९ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् । बुधबार उपभोक्ता मूल्य सुचाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर […]

मुख्‍य समाचार राजनीति समाज

खेल र संस्कृति समाजको मर्यादा स्थापित गर्ने महत्वपूर्ण क्षेत्र हुन् : अध्यक्ष  दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताएका छन् । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिँदै आएको […]

मुख्‍य समाचार राजनीति समाज

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

९ असाेज,  काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा शितलनिवासमा अध्यक्ष विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०– ८१ को आयोगको वार्षिक प्रतिवेदन […]

मुख्‍य समाचार समाज

एनएनसिएको प्रथम अधिवेशन असोज १२ मा हुँदै

९ असाेज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसिए) ले प्रथम अधिवेशन गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले असोज १२ गते प्रथम अधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो । संघले अधिवेशन मार्फत सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको […]

मुख्‍य समाचार राजनीति

स्मार्ट सिटी बनाउन पहिला विप्द जोखिम न्युनिकरण गर्नुपर्छ’

९ असाेज,  काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी  बनाउन लागिपरेको बताउँदै त्यसका लागि विप्दबाट आउन सक्ने जोखिम न्युनिकरण गर्न जरुरी रहेको बताएका छन् । बुधबार ललितपुर महानगरपालिकाको आगलागी नियन्त्रण सचेतना अभियान सुभारम्भ कार्यक्रमलाई प्रमुख महर्जनले विपद्लाई सम्बोधन गर्न नसके स्मार्ट सिटी किमार्थ हुन नसक्ने उल्लेख गर्दै यसलाई महत्वकाकासाथ हेरिरहेको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति

निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको छ : मन्त्री सिंह

काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघले  कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई  ज्ञापनपत्र बुझाएका छन् । बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माण व्यवसायी महासंघको  ज्ञापन पत्र बुझ्दै मन्त्री  सिंहले निर्माण व्यवसायीहरुले  धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको  बताए । उनले  निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले  समाधान गर्ने  […]

खेलकुद मुख्‍य समाचार समाज

न्यू डाँफेलाई हराउँदै हाँडीखोला युथ क्लब सेमिफाइनलमा

९ असाेज,  हेटौंडा । साबिक विजेता न्यू डाँफे क्लबलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लब हेटौंडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वार्टरफाइनल खेलमा न्यू डाँफेलाई ३–१ गोल अन्तरले हराउँदै हाँडीखोला युथ क्लब सेमिफाइनल पुगेको हो । पहिलो हाफमा १–० ले […]

अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै

९ असाेज, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल […]

मुख्‍य समाचार समाज

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

९ असाेज, मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानि भएको जिल्ला हँुदा पछिल्लो समयमा गाँउ गाँउमा सडक सञ्जाल  जोडीएपछि  मुगुका कृषकहरु खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठूला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरु मारमा परेका थिए […]

मुख्‍य समाचार समाचार समाज

भारतीय ट्रकमा आगजनी गर्ने ९ जना पक्राउ

९ असाेज,  बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौमा पक्राउ परेका दुर्गा प्रसाईलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान’ र  त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पिडिएफ) का […]

मुख्‍य समाचार राजनीति समाज

जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुङ्गामा

९ असाेज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम हुन लागेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार सो अभियानको उद्घाटन गर्ने छन् । पालिका समितिको जिम्मेवारीमा खटिएका केन्द्रीय सदस्यहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आवश्यक निर्देशन र प्रशिक्षण गर्न पार्टीले सबै प्रदेशमा अभिमुखीकरण आयोजना […]