१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार

चारपाङ्ग्रे सवारीको आयात घट्यो, दुई पाङ्ग्रेको बढ्यो

९ असाेज, वीरगञ्ज (पर्सा) । चालू आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालू आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु ४५ करोड ९० लाख […]

समाचार समाज

वडाअध्यक्षको हत्या आरोपमा दुई पक्राउ

९ असाेज, महोत्तरी । रामगोपालपुर नगरपालिका-२ का वडा अध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका-७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। जिल्ला प्रहरी कार्यालयले निजहरूउपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ […]

समाचार समाज

दार्चुलामा मलामी बोकेको जिप दुघर्टना हुँदा ३ जना घाइते

९ असाेज, काठमाडौँ । दार्चुलामा मलामी बोकेको जिप दुघर्टना हुँदा ३ जना घाइते भएका छन । गोकुलेश्वरबाट सेतिकलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप शैल्यशिखर नगरपालिका–५ ओखडानी स्थित बरमुडो भित्री सडकखण्डमा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिष धामी, २१ वर्षीय मोहन धामी […]

मुख्‍य समाचार समाचार समाज

बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भिषण वर्षा हुने

काठमाडौं । बिहीबार दिउँसोबाट आइतबारसम्म देशभर भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको हुने भएकाले पूर्वसावधानी अपनाउन भनेको छ । महाशाखाका अनुसार ५६ जिल्लामा भिषण बर्षाको सम्भावना छ । यो वर्षाले धानबालीलाई समेत असर गर्ने जोखिम […]

समाचार समाज

बाजुरामा चट्याङ लागेर एक जनाकाे मृत्यु

बाजुरा । चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् । उनको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

थारु समुदायमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको छ : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले, थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित आदिवासी थारुको राष्ट्रिय पर्व जितिया महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको भन्दै आफ्नो छोराछोरीलाई लगाम लगाउन सम्पूर्ण अविभावकहरुलाई आग्रह गरे […]

फोटो फिचर मनोरन्जन मुख्‍य समाचार समाचार समाज

थारु महिलाहरुको महान पर्व जीतियाको अवसरमा काठमाडौंको विभिन्न स्थानमा आयोजित कार्यक्रम (फोटो फिचर)

आश्विन ९, काठमाडौं ।  थारु महिलाहरुको महान पर्व जीतियाको अवसरमा काठमाडौंको विभिन्न स्थानमा आयोजित कार्यक्रम    

पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटकको रोजाइमा ‘तीनधारे झरना’

काभ्रेपलाञ्चोक, ९ असोजः काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग […]

मुख्‍य समाचार समाज साहित्य/ समाचार

जसपा नेपालको ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

९ असाेज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ । बुधबार जिल्ला समन्वय समितिको सभा हलमा अभियानको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार उद्घाटन गरेका हुन् । जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । अभियानमा खटिएका अभियन्तालाई अभियानबारे प्रशिक्षण […]

राजनीति विचार समाचार समाज

स्वास्थ्य सम्बन्धि विधेयक एउटा पनि नआएको सभापति थापाको गुनासो

९ असाेज, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले स्वास्थ्य सम्बन्धि विधेयक एउटा पनि नआएको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा नेपाल फार्मेसी संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्वास्थ्यका लागि पुराना ऐन कानूनले नचल्ने कारण नयाँ तरिकाले जानुपर्ने भन्दै कानून बनाउनका लागि त्यस्तो समस्या नभएको बताए । उनले भने, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँकुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताए । विमानस्थलमा कार्यरत […]

मुख्‍य समाचार समाचार समाज

अवकासमा जानुअघि प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेपछि  बारको विरोध

काठमाडौं । नेपाल बार एसोसिएसनले अवकाशमा जान लागेका प्रधानन्यायाधीशले बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरेको छ । बुधबार उपत्यकास्थित बार एकाइहरूमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरु नेपाल बार एशोसिएसनको प्राङ्गणमा उपस्थित भइ विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा अधिवक्ता यज्ञमणी न्यौपानेले नियमावली गैर संवैधानिक रहेको भन्दै नियमावली खारेज गर्न सर्वोच्च अदालतमा बन्दी […]