१८ चैत्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

१० असाेज, वाशिङ्गटन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री रोजगार कार्यक्रम: सडक ढलानमा स्थानीयलाई अवसर

१० असाेज, दमौली (तनहुँ) । बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताए । […]

समाचार समाज

बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने

१० असाेज, दाङ । दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लागि पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

१० असाेज, न्युयोर्क(अमेरिका) ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण  भएको बताए। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई […]

मुख्‍य समाचार समाचार

गैरहाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

१० असाेज, काठमाडौँ ।  नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै सात दिनभित्र उपस्थित हुन भनेको हो । गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित […]

मुख्‍य समाचार समाचार समाज

नागरिक उड्डयन कार्यालयले भन्यो- चङ्गा, ड्रोन र बेलुन नउडाउनू

१० असाेज, काठमाडौँ । हवाई सुरक्षामा गम्भीर असर पुग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको छ । उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको हो । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ […]

मुख्‍य समाचार समाचार समाज

भारी वर्षाकाे सम्भावना कायमै

१० असाेज, काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको  जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मनसुनको न्यून चापीय […]

मुख्‍य समाचार समाचार समाज

रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

९ असाेज, कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो सूचिकृत गर्न थालेको हो । कुकुर तथा बिरालोको टोकाइबाट हुने रेबिज रोकथाम गर्न नगरपालिकाले वडा कार्यालयमार्फत सूचिकृत गर्ने कार्य गरिरहेको नगरपालिकाको पशु विकास […]

खेलकुद मुख्‍य समाचार समाचार

अलराउन्डर वरीयतामा सन्दीपको सुधार

९ असाेज, काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटको अलराउन्डर वरीयतामा व्यापक सुधार गरेका छन्। आईसीसी लिग–२ का खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले आईसीसीको नयाँ वरीयतामा २२ स्थान सुधार गरेका छन्। उनी ४१औं स्थानमा उक्लिएका छन्। उनले क्यानडाविरुद्ध ४९ रन र दुई विकेट लिएका थिए। अष्ट्रेलियाका विस्फोटक ब्याटर ट्राभिस हेड पनि […]

मुख्‍य समाचार समाचार समाज

बाजुरामा एक पुरुषलाई बन्दुक प्रहार गरि फरार रहेका प्रवेश पक्राउ

९ असाेज, काठमाडौँ । बाजुरामा बन्दुक प्रहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको स्वामीकार्तिक खापर गाँउपालिका–३ का अन्दाजी २७ वर्षीय प्रवेश शाही पक्राउ परेका हन्। प्रहरीका अनुसार शाहीले असोज ५ गते राति स्वामीकार्तिक गाउँपालिका खापर–३ रिवडामा ४० वर्षका धिरेन्द्र शाहीलाई भरुवा बन्दुक प्रहार गर्न खोजेका थिए। धिरेन्द्रले बन्दुकको नाल समातेर साइड लगाउँदा प्रवेशले बन्दुक […]

मुख्‍य समाचार समाचार समाज

दैनिक कति लिटर पानी पिउने ? पानीको कमी भए के हुन्छ ?

९ असाेज, काठमाडौं । मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ ।  शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै […]

समाचार समाज

कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु, एकजना घाइते

९ असाेज, कञ्चनपुर । कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु र एकजना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश […]