१९ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

१३ असाेज, काठमाडौँ ।  सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा […]

मुख्‍य समाचार समाचार समाज

देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

१३ असाेज, काठमाडौँ ।  देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायली हवाई हमलामा हिजबुल्लाह नेताको मृत्यु

१३ असाेज, काठमाडौँ । इजरायलले बेरुतमा गरेको हवाई हमालामा हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएको छ । नसरल्याहको मृत्युमा इरानमा पाँच दिने शोकको घोषणा गरिएको छ । इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीले हिजबुल्लाह नेताको मृत्युमा दुःख व्यक्त गर्दै शोक घोषणा गर्नुभएको हो । हसनको मृत्युको बदला भने नलिने इरानी सर्वोच्च नेता खामेनीको भनाइ छ । […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

१३ असाेज, काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सवै […]

मुख्‍य समाचार समाचार समाज

बाढी पहिरो अपडेटः ९९ जनाको मृत्यु, ७२ बेपत्ता

१३ असाेज, काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान […]

समाचार समाज

बाढी र पहिरोमा परि काभ्रेमा १५ जनाको मृत्यु

१२ असाेज, काठमाडौँ  । बिहीबार रातीदेखि आएको अविरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा पुरिएर हालसम्म २५ जना बेपत्ता भएको जानकारी प्रहरीले पाएको छ । त्यस्तै, […]

मुख्‍य समाचार राजनीति समाचार

उपप्रधानमन्त्री सिंहद्वारा बाढीपीडितलाई तत्काल राहत र उद्धारका लागि निर्देशन

१२ असाेज, काठमाडौँ  । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण परेको जनधनको क्षतिलाई मध्यनजर गर्दै सम्पूर्ण मन्त्रालयलाई एकताबद्ध भएर तत्काल राहत, उद्धार, र उपचार कार्यमा लाग्न निर्देशन दिएका छन्। आज मन्त्री सिंहले मन्त्री, सचिव, र सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक गरी बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न, अवरुद्ध […]

मुख्‍य समाचार समाचार समाज

नागढुंगा नौविसे सडक खण्डको झ्याप्ले खोलाको पहिरोबाट १४ जनाको शव निकालियाे

१२ असाेज, काठमाडौँ  । काठमाडौं । नागढुंगा नौविसे सडक खण्डको झ्याप्लेखोला पहिरोमा परेका मध्ये १४ जनाको शव फेला परेको छ । फसेका यात्रु सवारीसाधनको उद्धार कार्य जारि रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार ३ वटा बसबाट ६ पुरुष, ४ महिला र १ बच्चा  र थप ३ शव गरेर ११ जनाको शब […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’

१२ असाेज, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९।७ मिलिमिटर वर्षा मापन भएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

१२ असाेज, काठमाडौँ ।  अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन निर्देशन दिनुभएको छ । मन्त्री पौडेलले भनेका छन्, “देशभरका सबै अस्पतालका आपत्कालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

१२ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन आइपुग्नुभएका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता भएको हो । उहाँहरुबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।

मुख्‍य समाचार समाचार समाज

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

१२ असाेज, काठमाडौँ  ।   सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराउनुभयो । उहाँले बाढी पहिरोमा परेकालाई विद्यालय […]