१५ श्रावण २०८३, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा)पहिलो जित हात पारेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जितको खाता खोल्न सफल भएको हो । लुम्बिनी लायन्सले यो भन्दा अगाडीका चार खेल नै हारेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० […]

जीवनशैली मधेश मुख्‍य समाचार समाचार समाज

चिसोले जनजीवन प्रभावित

२५ मङ्सिर, महोत्तरी । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

घोरदौरामा जीपलाइन सञ्चालनको तयारी

२५ मङ्सिर, घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उसले बताए । “अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुँदै छ कारोबार?

२५ मङ्सिर, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो  । मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

चितवन राईनोजलाई लुम्बिनी लायन्सको १६८ रनको लक्ष्य

२५ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १६८ रनको लक्ष्य दिएको छ । मंगलबार टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । कप्तान रोहितकुमार पौडेलले ५७ बलमा ८१ रन बनाएका थिए भने जफरले ३५ बलमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सात वर्षसम्म पुल निर्माण अधुरै

२५ मङ्सिर, गोदावरी (कैलाली) । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन । निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । रु १४ […]

मधेश मुख्‍य समाचार समाचार समाज

रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

२५ मङ्सिर, चन्द्रपर (रौतहट) । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

महिला अधिकारका लागि मंगलादेवी सिंहको भूमिका अविस्मरणीय : मन्त्री सिंह

२५ मङ्सिर, काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला संघको संस्थापक अध्यक्ष तथा महिला नेत्री स्व. मंगला देवी सिंहको शालीकमा माल्यअर्पण गरेका छन् । मंगलबार काठमाडौंको बिजुलिबजारमा मंगला देवी सिंहको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा उनले शालीकमा माल्यअर्पण गरेका हुन् । माल्यअर्पणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री सिहंले अहिले प्राप्त गरेको अधिकारहरु […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा

२५ मङ्सिर, काठमाडौं । चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो । घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बीआरआई सम्झौताबारे यथार्थ जानकारी गराउन माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले नेपाल पक्षले ग्रान्टफाइनान्सीङ कोअपरेसन राखेर सहमति गर्न चाहेको र चीनिया पक्षले संशोधन गरी एसिस्टेन्टफाइनान्सीङ मोडालिटी बनाएको तर अन्तमाएड एसिस्टेन्स फाइनान्सीङ राखेर सहमति गरिएको भनिएको बीआरआई सम्झौताबारे जनतालाई यथार्थ जानकारी […]

मुख्‍य समाचार समाचार समाज

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरी  अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने छ।