१९ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

आज सर्वदलीय बैठक बस्दै

१३ असाेज,   काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

१३ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, जापानी […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : मौसममा आंशिक सुधार, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

१३ असाेज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश […]

मुख्‍य समाचार समाचार समाज

गोरखाको लापुबेंशीबाट काठमाडौँ आउँदै गरेको बस शुक्रवारदेख नै सम्पर्कविहीन

१२ असाेज, काठमाडौँ । गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपालटिभीअनलाइनसँग कुरा गर्दै बस बेपत्ता भएको पुष्टि गर्नुभयो । उहाँले बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक […]

अर्थ समाचार समाज

दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने

१२ असाेज, काठमाडौँ । दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको दसैँका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइन्छ। राष्ट्र बैँकका अनुसार बैंकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला […]

मुख्‍य समाचार समाचार समाज

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

१२ असाेज, त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान […]

मुख्‍य समाचार राजनीति समाचार

‘प्रचण्ड’ले बोलाए सर्वदलीय बैठक

१३ असाेज, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

मुख्‍य समाचार समाचार समाज

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

१३ असाेज, काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले […]

मुख्‍य समाचार राजनीति समाचार

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

१३ असाेज, काठमाडौँ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

१३ असाेज, काठमाडौँ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी छन् । नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उनले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा […]

मुख्‍य समाचार समाचार समाज

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

१३ असाेज, इनरुवा (सुनसरी) ।  सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज  बिहान ३:०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको […]

मुख्‍य समाचार समाचार समाज

बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो

१३ असाेज, महोत्तरी । बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको […]