२ कार्तिक २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

९ पुस, काठमाडौँ । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो । एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सङ्घीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड

ललितपुर ९ पुुस । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले  संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद् सचिवालय र गैरसरकारी संस्था फेड्रलिजम एण्ड लोकलाइजेशन सेन्टरद्वारा  ‘सङ्घीयता, राष्ट्रियसभा र आगामी कार्यभार’ विषयमा आज यहाँ आयोजित छलफलमा उनले सङ्घीयतालाई सुदृढ बनाउन आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राष्ट्रिय  प्राणी उद्यान निर्माणलाई प्राथमिकता दिने मन्त्री शाहीको प्रतिबद्धता

भक्तपुर, ९ पुस । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको रोकिएका पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएका छन् । नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले राष्ट्रिय प्राणी उद्यानका पूर्वाधार निर्माण गर्न मन्त्रालय तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट विनियोजन […]

अर्थ मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

धनगढी–दिपायल सडकमा पुल निर्माणमा बजेट अभाव

९ पुस, गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो । उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल […]

कोशी मुख्‍य समाचार समाचार समाज

रानी–धरान सडक कालोपत्र हुने

९ पुस, विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं १३ को रानी–धरान सडकलाई कालोपत्र गर्ने भएको छ । नहरको डिल हुँदै निर्मित उक्त सडक करिब रु चार करोडको लागतमा कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्र अनुसार ऐसी–सिसी र एलसी जेभीले रु तीन करोड ८२ लाखमा ठेक्का सम्झौता […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

 ‘विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने’

किमाथाङ्का सङ्खुवासभा, ९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासाले आज सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नदी तथा खोलाबाट बिजुली निकालेर मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष रहेको बताए । सरकारले ठूला आयोजनामा गरिब तथा विपन्नको लगानी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

काठमाडौँ, ९ पुस । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अङ्कुुश लगाउनेगरी कानुन नबनाउने बताएका छन् । “नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ”–सभामुख घिमिरेले […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै

बुटवल, ९ पुस । सुस्तमनस्थिति बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित बालविद्या मन्दिरमा यसक्षेत्रका सुस्तमनस्थिति रहेका बालबालिकाले सेवा लिइरहेका छन् । सो विद्यालयका अध्यक्ष समेत रहेका लोकनाथ भुसालले विद्यालयमा अध्ययनरत बालबालिकालाई जीवन उपयोगी सीप सिकाउने गरेका छन् । उनका अनुसार यो विद्यालय सुस्तमनस्थिति भएका बालबालिकाकै अभिभावक मिलेर स्थापना गरिएको हो । उनले सुस्तमनस्थिति भएका […]

गण्डकी पर्यटन मनोरन्जन मुख्‍य समाचार समाचार समाज

पोखरामा सुरु भयो बेलुन महोत्सव, २२ पाइलटले उडाए १५ वटा बेलुन

पोखरा । पर्यटकीय नगरी पोखरामा आज(मंगलबार)बाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिले पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ आयोजना गरेको महोत्सव नौं दिनसम्म चल्नेछ । महोत्सवको पहिलो संस्करणमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ । बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार महोत्सवमा उद्दघाटनमा १७ देशका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

रसुवा, ९ पुस । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल रु एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति

९ पुस, काठमाडौँ, । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१) मा प्रतिष्ठानले स्वास्थ्य सेवामा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ’

मनहरी, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले का उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास–निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन् । एमाले बागमती प्रदेश संसदीय दलले आज यहाँ आयोजना गरेको प्रशिक्षणमा सुशासन कायम गर्दै जनताका चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए । उनले आर्थिक समृद्धि र सुशासनलाई वर्तमान सरकारले […]