१५ श्रावण २०८३, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित

२६ मङ्सिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको छ । काठमाडौंले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर […]

अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

२६ मङ्सिर, मान्म (कालीकोट) । जिल्लाको शुभकालिका गाउँपालिका–३ भर्ता गाउँमा रु ६९ लाख ५३ हजार चार सय ९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (वर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छायाँ नेपाल र शुभकालिका गाउँपालिकाको संयुक्त लागत साझेदारीमा प्रसूति सेवा केन्द्र निर्माण हुन लागेको हो । छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो

२६ मङ्सिर, काठमाडौँ । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढेपनि कारोबार […]

कर्णाली मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै

२६ मङ्सिर, जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवासम्बन्धी कार्य […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु

२६ मङ्सिर, सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएको थियो । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उसको आज बिहान मृत्यु भएको उसका आफन्त रेशमराज रोकायाले बताए । सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा […]

प्रवास मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा प्रदर्शनी

२६ मङ्सिर, विन्जाओ (चीन) । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः मन्त्री भण्डारी

२६ मङ्सिर, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्रभएको बताएको छन। आज ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीले काठमाडौँमा आयोजना गरेको रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकार भएका निकाय तथा रोजगारदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएको हो […]

मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

२६ मङ्सिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई रु १५ हजार पुरुस्कार दिइने भएको छ । प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी झल्कने सङ्केत चिह्नसँगै नगरपालिकाको नक्सा र नेपालको राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने प्रावधान राखिएको छ । “प्रतीक चिह्न अधिकतम तीन सेन्टिमिटर व्यासको हुनुपर्नेछ”, नगरपालिकाका […]

बागमती मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरी निरीक्षक कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा

२६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । मंगलबार आयोगले सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक कुँवरमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिएको हो । राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट […]

मुख्‍य समाचार समाचार समाज

काठमान्डु गोर्खाज १०३ रनमा अलआउट, लुम्बिनीले पाए १०४ को टार्गेट

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो । काठमान्डुका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति

२६ मङ्सिर, गलेश्वर (म्याग्दी) । सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

२६ मङ्सिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित रोजगार प्रवद्र्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना […]