११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् । उनले पदभन्दा नैतिकता र जनविश्वासलाई ठूलो मान्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेकपा स्थापना दिवस : ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा

काठमाडौं । आज नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष महत्व बोकेको दिन । नेपालमा कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । आज कै दिन वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो। त्यसैले हरेक वर्ष वैशाख ९ लाई ‘नेकपा स्थापना दिवस’का रूपमा मनाइन्छ । यो दिन केवल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् । वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन् । आफूहरूलाई सरकारले विभेद गरेको उनले बताए । ‘बैंकबाट लोन लिएर जनता नै […]

बागमती मुख्‍य समाचार समाचार

जबजका सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद, अराजकतावाद र अवसर बाधको चुनौती केही समयका पाहुना भएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा यसका संस्थापकको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘जबजका समृद्ध विचारका सामु अल्गो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

काठमाडौं । हर्मुज जलमार्ग बन्द हुँदा इरानले ठूलो आर्थिक नोक्सानी बेहोरिरहेको र भित्रभित्रै यो मार्ग खोल्नका लागि हारगुहार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले दैनिक ५० करोड डलर गुमाइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन,‘इरान हर्मुज जलमार्ग बन्द भएको चाहँदैन, उनीहरू […]

बागमती मुख्‍य समाचार समाचार समाज

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार अब वैशाख ८ गतेदेखि ३ करोडभन्दा माथिको थैली अङ्क भएको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्नेछ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् । राहदानी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याए । उनले न्याय, स्वतन्त्रता र समानताको आन्दोलनमा जीवन उत्सर्ग गर्ने हीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको छ । हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पुष्पलालको जिल्ला रामेछापमा पुष्पगुच्छा अर्पण

रामेछाप । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवसका अवसरमा कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको जन्म भएको रामेछाप जिल्लामा तीनलालको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । नेकपा एमाले रामेछापको आयोजनामा मन्थली स्थित तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा पुष्प गुच्छा चढाइएको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

७७ औँ स्थापना दिवसमा खनालको सन्देश : गल्ती सच्याउँदै आन्दोलन पुनर्निर्माण गरौँ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् । स्थापना दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै खनालले ७७ वर्ष लामो सङ्घर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा अपेक्षित […]

बागमती मुख्‍य समाचार राजनीति

सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने

काठमाडौं । सभामुख डोलप्रसाद (डिपि) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन् । सभामुख अर्यालले बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका हुन् । बैठमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने भएको छ ।