११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहेका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कम्यूनिष्ट पार्टी स्थापना सम्झना मात्र होइन, चुनौतीसँग जुध्ने प्रतिबद्धता पनि हो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसलाई सम्झना मात्र होइन चुनौतीसँग जुध्ने प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा स्मरण गर्नुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसको शुभकामना दिँदै सचिव बस्नेतले सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर शेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि समाजमा अझ धेरै असमानता,बेरोजगारी,महँगी र निराशा बढेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेकपा स्थापना दिवसको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यपालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे जादैछन् । आज बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन् । पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं । नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठिट १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका छन् । संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममामा केही प्रावधानहरू संशोधनको […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं। नेकपा एमालेले विभिन्न विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्च स्तरीय संयन्त्र गठन गरेर छानविन गर्न माग गरेको छ । एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै बिषयहरुको छानविनका लागि उच्च स्तरीय संयन्त्र गठन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका हुन् । ‘गृहमन्त्रीसँग […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्

काठमाडौं । सरकारले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बालाइएतापनि यसबारे केही निर्णय गरेको छैन । मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले ६ वटा निर्णयहरु सुनाएका थिए । यस्ता छन् मुख्य निर्णयहरू ः १.नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगतिबारे छलफल गरिएको छ। राष्ट्रिय सभा अन्तर्गतको समितिको मंगलबार बसेको बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणको अवस्थाबारे जानकारी लिइएको हो। बैठकमा निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवन कुन चरणमा पुगेको छ, समयसीमा, भौतिक प्रगति […]

बागमती मुख्‍य समाचार समाचार

आरोपबारे स्पष्टिकरण : ‘ट्राफिक हवलदार रोशननाथबारे अपुष्ट तथा भ्रामक सूचना प्रसारण भयो’

हेटौँडा । मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथमाथि ‘दादागिरी शैली’ मा काम गरेको, अवैध रूपमा रकम असुल्ने तथा स्थानीयलाई धम्की दिने गरेको भनी यसअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित÷प्रसारित समाचारप्रति आधिकारिक निकायले स्पष्टिकरण दिएको छ। यसअघि प्रकाशित समाचारमा रोशननाथमाथि गम्भीर प्रकृतिका आरोपहरू उल्लेख गरिएका थिए । तर, पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय […]

बागमती मुख्‍य समाचार समाचार

धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ । जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ । ’संगठनलाई नै […]