११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिइएको छ । एमसीसी, एसपीपी वा ‘बफर स्टेट’ जस्ता अवधारणासँग जोडिने […]

बागमती मुख्‍य समाचार विशेष समाचार सूचना प्रविधि

बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ । नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ […]

बागमती मुख्‍य समाचार समाचार

प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह

रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ । वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । घटनाको समयमा श्रीकृष्ण थुनुवा कक्षमा एक्लै थिए । काठमाडौंमा बस्दै सवारी चालकको काम गर्दै आएका विकले खोटाङ निवासी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ । रास्वपाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो । आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्रीलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री आज (मंगलबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए । प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको हो । बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुनेछ ।

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस

कर्णाली, ८ वैशाखः कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रुपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता […]

बागमती मुख्‍य समाचार समाचार

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द रहने भएको हो । विमानस्थल कार्यालयद्वारा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग

काठमाठौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ सँग जोडिएको पछिल्लो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीमाथि उठेका प्रश्नहरूको तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख छ। कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको स्मरण गराउँदै मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको […]

बागमती मुख्‍य समाचार समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो । बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव

काठमाडौँ । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिएका छन् । लन्डनमा बसोबास गर्दै आएका गुरुङले नेपाल सरकारले सडक, यातायात तथा डिजिटल सेवामा सुधार गरी सेवा प्रवाह र राजस्व सङ्कलन प्रणालीलाई क्रमशः डिजिटाइज गर्नसके भूगोल […]