९ बैशाख २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पुष्पलालको जिल्ला रामेछापमा पुष्पगुच्छा अर्पण

रामेछाप । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवसका अवसरमा कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको जन्म भएको रामेछाप जिल्लामा तीनलालको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ ।

नेकपा एमाले रामेछापको आयोजनामा मन्थली स्थित तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा पुष्प गुच्छा चढाइएको हो । तीनैजनाको जन्म रामेछापमा भएको हो ।

जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी मिलेर पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । त्यस बेला पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो ।
पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बनेका थिए ।

वि.सं. १९९७ सालमा दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठिक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछ,’ भनेका थिए । दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बनेको थियो । सोही प्रेरणाले नेपाल कम्युनिष्ट पार्टी जन्मिएको थियो ।

पुष्प गुच्छा अर्पण कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ लगायत जनप्रतिनिधि, पार्टी र जनसङ्गठनका नेताहरूको सहभागिता रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि