२ कार्तिक २०८३, आईतवार
अर्थ पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उदघोष गरेका छन् । मंगलबार २६ औं नेपाल पर्यटन बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण पूरा […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्राकृतिक स्रोत, साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्छन् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिनुपर्ने बताए । मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको उनले बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

राजमार्ग छेउमा मकै पोलेरै जिविका  

बेलबारी मोरङ, १६ पुस । यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन् । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आएका उनले भने, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

घोराही दाङ, १६ पुस । यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका रोका व्यवसायप्रति सन्तुष्ट हुन्छन् । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउछन्। “यस वर्ष समयमै उत्पादन गरेकाले  बजारको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पार्टीका असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गर्नेहरू अराजक हुन् : मदन अमात्य

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले पार्टीभित्र रहेका असन्तुष्टिलाई सामाजिक सञ्जालमा व्यक्त गर्नु भएको अराजक काम भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अमात्यले पार्टीका जिम्मेवार व्यक्तिले आन्तरिक कुरा सामाजिक सञ्जालमा छरपष्ट पार्न नमिल्ने बताए । ‘पार्टीभित्रका कुरा भित्रै छलफल गर्नुपर्छ, बाहिर विवादका कुरा […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

वैदेशिक रोजगार बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री

काठमाडौँ, १६ पुस । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ क’ को बिक्री निकै न्यून देखिएको छ । गत मङ्सिर १२ गते जारी भएको रू ५० करोड बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताए । उनले भने,‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल पार्न र अझै विश्वसनिय बनाउनका लागि सबैको […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै : ज्येष्ठ नागरिक

वालिङ स्याङ्जा, १६ पुस । यहाँका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् । सामाजिक विकास कार्यालयको सहयोगमा अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिए । ज्येष्ठ नागरिकले बालगृहमा रहेका ३८ […]

अर्थ पर्यटन मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

राँझा बाँके, १६ पुस । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । “पर्यटन व्यवसायलाई चलायमान […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’

काठमाडौँ, १६ पुस । समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच स्क्रिनिङ गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ । मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

छ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो । छापावाल सुनको मूल्य मंगलबार भने घटेर […]

अर्थ पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

एघार लाख ४७ हजार पर्यटक भित्रिए

काठमाडौँ, १६ पुस । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक […]