१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

निर्माण व्यवसायीले मन्त्री सिंहलाई बुझाए ज्ञापन (१० बुँदे मागसहित)

४ माघ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार १४ बुँदे मागसहित व्यवसायी महासंघले मन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय सधैं तत्पर रहेको बताए  । महासंघका अनुसार १४ बुँदे माग […]

मधेश मुख्‍य समाचार समाचार समाज

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

जनकपुर । जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान करीब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं. ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको धनुषा […]

बागमती राजनीति विचार समाचार समाज

त्रिपाठीमाथिको आक्रमण राजनीतिक अनुशासन विपरित

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताबाट भएको आक्रमण राजनीतिक अनुशासन विपरित भएको सरोकारवालाहरुले बताएका छन् । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रास्वपाका समर्थकबाट भएको काम निन्दनीय र गर्न नहुने भएको बताए । शुक्रबार नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अराजकशैली भएको बताए । उनले जनताहरु […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

४ माघ, काठमाडौँ । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । सो क्रममा सर्वाेच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । ‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको […]

बागमती मुख्‍य समाचार समाचार समाज

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरु आफैं बनाउने भएकाले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

आजै लगनगाँठो कस्दै : मेलिना राई

काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज शुक्रबार विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् । विवाह समारोह स्थलको […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘भ्वाइस अफ नेपाल सिजन ६’ प्रिमियर, प्रसारण शुक्रबारदेखि

काठमाडौं । यसवर्षको प्रतीक्षित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को एक्सक्लुसिभ प्रिमियर गरिएको छ । बानेश्वरस्थित आइएनआईको हल एनबी सेन्टरमा प्रिमियर गरियो । हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको शोको छैटौं सिजन शुक्रबारदेखि सुरु हुँदैछ । प्रसारणको पूर्वसन्ध्यामा आयोजित प्रिमियर समारोहमा शोसम्बद्ध व्यक्तिहरू सहभागि रहे । हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज […]

मधेश मुख्‍य समाचार समाचार समाज

रौतहट प्रहरीको ६ महिना : चोरी निकासीतर्फ दुई करोड ४२ लाख बढी संकलन

रौतहट । रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छौट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । गत साउनदेखि पुससम्मको सार्वजनिक गरिएको प्रगती विवरण अनुसार जबरजस्ती करणीको लागूऔषधको १५ वटा मुुद्दा दर्ता भएकोमा १४ वटा फर्छौट […]

अन्तर्राष्ट्रिय पर्यटन मुख्‍य समाचार समाचार समाज

वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड

पर्यटक आकर्षित गर्ने अनेक माध्यमहरु छन् । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको वेइझाउ टापुमा ह्वेलहरूले पर्यटक आकर्षित गरिरहेको छ । वेइझाउ टापुको पानीमा रहेका ब्राइडका ह्वेलहरूले वैज्ञानिक र पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । हिउँदको आहारका लागि देखिएका संरक्षित ह्वेल हेर्न मानिसहरु झुम्मिने गरेका छन् । शिकारका लागि बाहिर उत्रिने क्रममा देखिने गरेका ह्वेलहरु हेर्न […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

४ माघ, काठमाडौँ ।  नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । शुक्रबार […]