१३ श्रावण २०८३, बुधबार
अर्थ मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशः कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ, ११ माघ । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला ले ढाकेको भू–क्षेत्र सात दशमलव ७१ प्रतिशतले ह्रास भएको छ । यस्तै, त्यस्ता बालीको उत्पादन दुई दशमलव ८५ प्रतिशतले बढेको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो

काठमाडौँ, ११ माघ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

वालिङ स्याङ्जा, ११ माघ । यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो । […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

सिरहा, ११ माघ । प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार लहानमा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको नवनिर्वाचित समितिको शपथ ग्रहण कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश खन्दवालले औषधि बिक्रीका बेथिति रोक्न नियमित […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

म्याग्दी, ११ माघ । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको रु २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो । सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना

मान्म कालीकोट, ११ माघ । जिल्लमको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो । गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा, ११ माघ । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

पन्ध्रौँ चितवन महोत्सव सम्पन्न

मुग्लिन चितवन, ११ माघ । पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव पँच लाख मानिसले अवलोकन गरेका थिए । महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा रु ३० करोड बराबरको कारोबार भएको थियो । महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, […]

बागमती मुख्‍य समाचार समाचार समाज

चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु

काठमाडौँ, ११ माघ । यहाँ १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी बिहीबारदेखि ‘नेपाल आर्ट एक्स्पो’ सुरु भएको छ । नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए। एक्स्पो आगामी चार दिनसम्म […]

मधेश मुख्‍य समाचार समाचार समाज

रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर महोत्तरी, ११ माघ । स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् । जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

देशभक्त छोरो मर्दा देशै रूँदो रैछ ।

गण्डकी, ११ माघ । उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन भएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए । पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर झापा, ११ माघ । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्तिरु १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म रु दुई अर्ब १५ करोड ३६ लाख दुई […]