१३ श्रावण २०८३, बुधबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

 ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

काठमाडौँ, ११ माघ । आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र चलचित्र प्रदर्शन भएको हो । यसको निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले नेपालभरका चलचित्र भवनमा चलचित्र प्रदर्शन भएको जानकारी दिएको छ । पहाडी समुदायकी केटी र […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय

कैलाली, ११ माघ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचारका लागि आउने बिरामीलाई […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘पारी त्यो डाँडामा’ गीतको दोश्रो भाग आउँदै, हेर्नुस् पहिलो तस्विर

काठमाडौं । २०७१ सालमा ‘भाइरल’ शब्द आजजस्तो सर्वव्यापी प्रयोग हुने शब्द भइसकेको थिएन। यो विस्तारै प्रयोगमा आउन थालेको थियो । सो साल कुनै हल्ला खल्ला बिना नै रिलिज भएको, नाम नै नसुनिएको निर्देशक अनि खासै लोकप्रिय नरहेका कलाकार अभिनित सिनेमाको ‘लिरिकल’ भिडियो जालमा– पारी त्यो डाँडा’मा रिलिज भयो । जसै गीत रिलिज भयो गीतले लोकप्रियताका […]

बागमती मुख्‍य समाचार समाचार समाज

शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट पारेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

यु–१९ महिला विश्वकप क्रिकेट  नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ, ११ माघ । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

पोखरा, ११ माघ । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार

चौतर्फी विरोधपछि मधेश सरकारले भाषासम्बन्धी विधेयक फिर्ता लियो

११ माघ, जनकपुरधाम।  चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । शुक्रबार प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रतस्ताव गरेकी हुन् । मन्त्री तिवारीले विधेयकमा त्रुटि भए पनि सदनबाटै सच्याउने अधिकार भएको बताइन् । उनले भनिन्, ‘वास्तवमा विधेयकमा ल्‍याउँदा […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेमा पाटेबाघ मृत भेटियो

जानकी बाँके, ११ माघ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ । “बाघको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अन्तर्राष्ट्रिय शिक्षा दिवस : सरकारको मूल्याकंनमा यि हुन् उत्कृष्ट शिक्षालय

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ । जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएको छ । जसमा ज्ञान, विज्ञान, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारतमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावलीसहित)

काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

अस्वस्थ्य रहेका प्रधानमन्त्री पाल्पा गएनन्, भर्चुअलरुपमै भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उदघाटन गरेका छन् । प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण […]