आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली
काठमाडौं । हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो साताभर रहने महाशाखाले जनाएको छ । […]











